विप्लव नेतृत्वको नेकपामा विवाद, चिरन भन्छन- एकताको बिषयमा हाम्रो कुरा मिलेन

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमा विवाद देखिएको छ ।

विप्लव नेतृत्वको नेकपाले हालै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएपछि अर्को समुह चिरन पुन (मिलन सी) को नेतृत्वले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ ।

Nepal life insurance

विप्लवसहितका नेताहरु प्रचण्डको नेतृत्वमा माओवादीमा एकता गर्न नमानेपछि चिरन पक्ष भने माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएको छ ।

विवादका विषयमा लेख्दै चिरन पुनले भनेका छन्: 

आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि  छिट्टै  एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।

माओवादी केन्द्रसँग एकता गर्ने तयारी भएको बेला एकीकृत समाजवादी फुटको संघारमा पुगेकै समयमा विप्लव नेतृत्वको नेकपामा पनि विभाजनको रेखा कोरिएको छ ।

 

Nepal life insurance