भैरहवाको मिलनचोकमा रंगीचंगी झिलीमिली बत्तीसंगै दिपावली हेर्न हजारौंको भीड


दिपावलीको अवसरमा भैरहवामा सिद्धार्थ नगर ट्राभल एजेन्टस् एसोसियसनले सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । महोत्सवका लागि भैरहवा बजारलाई बेहुली झैं सिंगारिएको छ भने मुख्य बजार प्रवेश गर्ने मार्गमा ३ वटा स्वागत द्धार बनाईएको छ ।

 

रंगीचंगी झिलीमिली बत्तीसंगै भैरहवाको मिलनचोक क्षेत्रमा दिपावली हेर्न हजारौंको भीड जम्मा भएको छ । भैरहवाको खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम एवं दिपावलीको रंगीन साँझलाई अवलोकन गर्न छिमेकी जिल्ला र भारतीय बजारबाट समेत हजारौं मानिस भैरहवा पुगेका छन् ।