विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २७२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि साइतेजाले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको थियो ।

Nepal life insurance

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कारण केसीले ४९ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर हरमीत सिंहले ३, सौरभ नेत्राभल्कर र नोसथस केन्जिगेले २-२ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंह र सुभम रन्जानेले एक एक विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ मा अमेरिकाको २३ खेलमा ३४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेपालको भने १९ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

अब सिरिज अन्तर्गत अर्को खेल अमेरिका र युएईबीच सोमबार हुने तालिका रहेको छ ।

 

Nepal life insurance