



काठमाडौँ । टर्किएले बढ्दो बिजुलीको मागलाई सम्बोधन गर्न २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलरको कुल लगानी गर्ने लक्ष्य राखेको छ । योजनाको एक भागको रूपमा टर्किएले आफ्नो स्थापित वायु र सौर्य क्षमतालाई १ लाख २० हजार मेगावाटमा बढाउने लक्ष्य राखेको छ ।


ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री अल्पर्सलान बायरक्तरले २०२६ को लागि संसदको बजेट छलफलमा प्रश्तुतीकरणको क्रममा बताउनु भयो ।
मन्त्रीकाअनुसार लगानी घरेलु कोइलाबाट चल्ने पावर प्लान्टहरूलाई सहयोग गर्न र नयाँ उच्च–भोल्टेज प्रसारण लाइनहरू र ट्रान्सफर्मर सबस्टेशनहरूको निर्माण सहित ग्रिड पूर्वाधार सुधार गर्न निर्देशित गरिनेछ । टर्कीले आणविक ऊर्जा विकासमा पनि आफ्नो प्रयासलाई तिब्र पारिरहेको छ ।



