हरमितको अलराउण्डमा सुदूरपश्चिमको जित

imagesimages

 

काठमाडौँ ।  हरमित सिंहको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा जित निकालेको छ ।
दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले बुधवार काठमण्न्डु गोर्खाजमाथि २९ रनको जित निकाल्दा हरमितले यादगार प्रदर्शन गरेका हुन् । उनले अर्धशतकसँगै दुई विकेट लिँदै अलराउण्ड प्रदर्शन गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ४८ रनको मध्यम लक्ष्य दिएको थियो । तर, काठमाण्डु  १६.५ ओभरमा एक सय १८ रनमै अलआउट भयो । काठमान्डु एक समय बलियो स्थितिमा थियो । तर सदुपयोग गर्न नसक्दा हार सामना गर्न बाध्य भयो । ओपनर आकाश त्रिपाठीको ३४ रन नै काठमान्डुको सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो । मध्य क्रमका ब्याटर जोन सिम्पसनले २४ रन, भीम सार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाए ।

काठमाण्डुको शुरुवात राम्रो भएन । दोस्रो ओभरमा नै ओपनर बेन चाल्र्सवर्थ ८ रनमै आउथ भए । हेमन्त धामीले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेट पनि हेमन्तले नै दिलाए । उनले चौथो ओभरमा भीमलाई आउट गरेका हुन् । पावर प्लेमा तीन विकेट गुमाउँदा काठमाण्डुले ५० रन जोड्यो । त्यसपछि चौथो विकेटका लागि सिम्पसन र ओपनर आकाशबीच ४९ रनको साझेदारी बन्यो । ईशान पाण्डेले ११औं ओभरमा सिम्पसनलाई एलबिडब्लु शिकार बनाउँदै साझेदारी तोडे ।

लगत्तै अर्को ओभरमा हरमितले आकाशलाई पनि पभेलियनको बाटो देखाए । ३० बलमा आकाशले एक चौका र दुई छक्का प्रहार गरे ।
यससँगै ११.५ ओभरमा काठमान्डु ९६÷५ को अवस्थामा थियो । खातामा थप २२ रन जोड्दा काठमान्डुले पाँच विकेट नै गुमाउन पुग्यो । कुनै पनि ब्याटरले साझेदारी गर्न नसक्दा काठमान्डुले हार बेहो¥यो । दोस्रो खेलमा काठमान्डुले हार बेहोरेको हो ।

पहिलो खेलमा काठमान्डुले पहिलो खेलमा जनकपुरलाई पाँच विकेटले हराएको थियो । सुदूरपश्चिमको बलिङमा स्कट कुगेलिन, हेमन्त धामी र हरमितले समान दुई विकेट लिए । इशान, नरेन साउद र अभिनाश बोहराको नाममा समान एक विकेट रह्यो ।

Nepal life insurance

हरमित सिंहको अर्धशतकीय इनिङमा सुदूरपश्चिम रोयल्सले एक सय ४८ रनको मध्यम लक्ष्य दिएको हो । सुदूरपश्चिमले निकै खराब शुरुआत ग¥यो । काठमान्डुका कप्तान करणले तेस्रो ओभरभित्र नै तीन विकेट लिँदै सुदूरपश्चिमलाई ठूलो झड्का दिए । उनले ओपनरद्वय जोश ब्राउन र विनोद भण्डारीलाई शून्यमै पभेलियन फर्काए । त्यसपछि क्रिस लिनलाई २ रनमा मिलिन्द कुमारबाट क्याच गराउँदै करणले राम्रो सुरुआत दिलाए । ३.४ ओभरमा सुदूरपश्चिम ३÷४ को नाजुक अवस्थामा पुग्यो । एक छेउबाट आरिफ शेखले इनिङ अगाडि बढाउने प्रयास गरे । चौथो विकेटका लागि उनी र ईशान पाण्डेबीच २३ रनको साझेदारी भयो । तर, पाँचौं ओभरको अन्तिम बलमा ईशान ११ रनमै आउट भए ।

पावर प्लेमा सुदूरपश्चिमले २७ रन जोड्दा चार विकेट पतन भयो । नवौं ओभरमा आरिफ पनि आउट भए । उनी २५ रनमा रासिद खानको एलबिडब्लु शिकार भए । उनको इनिङमा चार चौका मात्र रह्यो । त्यसपछि नरेन साउद ६ रनमा बाउन्ड्री लाइनमा क्याच भपछि सुदूरपश्चिमको छैटौं विकेट पतन भयो । कप्तान दीपेन्द्रसिंह ऐरी र हरमितबीच महत्वपूर्ण साझेदारी बन्यो । सातौं विकेटका लागि यी दुईले ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै सूदूरपश्चिमको इनिङ सम्मानजन तर्पm अग्रसर गराए । १५औं ओभरसम्म काठमान्डुका बलरले पूर्ण दबाब बनाएका थिए । त्यसपछि हरमितले आक्रामक ब्याटिङ गरे । उनले १९ बलमै अर्धशतक पूरा गरे । अन्तिम पाँच ओभरमा सुदूरपश्चिमले ६७ रन जोड्यो ।

हरमित र दीपेन्द्रले १६ देखि १८औं ओभरमा क्रमशः आक्रामक ब्याटिङ गरे । तर, दीपेन्द्र ३९ रनमा १८औं ओभरमा क्याच हुन पुगे । ३० बल खेलेका उनको इनिङमा तीन चौका र एक छक्का रह्यो । १९औं हरमित पनि आउट भए र सूदूरपश्चिमको राम्रो योगफलतर्पm अग्रसर हुने लक्ष्य पूरा भएन । हरमितले २० बलमा ५३ रन जोडे । सन्नी पटेलद्वारा आउट हुनुअघि उनले दुई चौका र ६ छक्का प्रहार गरे । यसै ओभरमा सन्नीले स्कटलाई पनि १ रनमा आउट गरेका थिए । अन्तिम दुई ओभरमा सुदूरपश्चिमले १० रन मात्र जोडेदा तीन विकेट गुमायो । काठमाडौंको बलिङमा कप्तान करणले चार विकेट लिए । रासिद, मिलिन्द र सन्नीको नाममा समान दुई विकेट रह्यो ।

 

Nepal life insurance