पोखरामा दोस्रो संस्करणको दाँई महोत्सव सम्पन्न

imagesimages

 

पोखरा । पोखरा महानगरपालिमा दोस्रो संस्करणको दाँई महोत्सव गरिएको छ । पोखरा महानगर- १९ चुरुङ्गामा परम्परागत कृषि प्रणालीमा आधारित दाँई कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने दाँई महोत्सव गरिएको हो ।

Nepal life insurance

मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाँईमा घुमाउने गरिन्छ । यसलाई कृषकहरूको उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका समेतको सहकार्यमा महोत्सवका रूपमा मनाइएको हो ।

उक्त अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गरेका छन् । यस वर्ष ५ सय मुरी धान उत्पादन गर्ने कृषक पोखरा १९ का फवेन्द्र प्रसाद गुरुङलाई नगद १० हजार, १ सय मुरी धान उत्पादन गर्ने पोखरा १९ कै मिलन गुरुङलाई नगद ७ हजार र ९८ मुरी धान उत्पादन गर्ने पोखरा २३ का कृषक बालकृष्ण भण्डारीलाई नगद ५ हजार प्रदान गरिएको हो । यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे ।

यस्तै गोरु पालक कृषक जीवन बास्तोलालाई नगद ६ हजार, धान चुट्ने प्रतियोगितामा प्रथम भएका कृषक श्याम भुजेल, द्धितिय जीवनाथ सुवेदी, तृतीय विष्णु प्रसाद पौडेललाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ । परालको भारी बाँध्ने प्रतियोगिताका विजेताहरू अग्निधर गौतम र भीम वि.क, नवीन र अभिषेक बास्तोला तथा कुल बहादुर भुजेल र तारानाथ गौतमलाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

यस्तै गुन्द्री बुन्ने प्रतियोगिताका विजेताहरू लक्ष्मी देवकोटा र लक्ष्मी बास्तोला, सिता गौतम र विष्णु गौतम तथा लक्ष्मी अधिकारी र अञ्जना अधिकारीको जोडीलाई पनि क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

महोत्सव पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुङ्गा टोल विकास संस्थाको स्थानीय व्यवस्थापन सम्पन्न गरिएको हो ।

 

Nepal life insurance

अन्य समाचारहरु