



काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति आइज्याक हर्जोगसँग औपचारिक रूपमा माफीको लागि अनुरोध गर्दै पत्र लेखेका छन् ।
राष्ट्रपतिको कार्यालयले राष्ट्रपति आइज्याक हर्जोगले यो ‘असाधारण अनुरोध’ लाई विचार गर्नु अघि न्याय अधिकारीहरूको राय लिने जानकारी दिदै यो कदमले महत्वपूर्ण परिणामहरू निम्त्याउन सक्ने बताएको छ ।

विगत पाँच वर्षदेखि, नेतन्याहू तीन अलग-अलग मुद्दाहरूमा मुद्दाको सामना गरिरहेका छन् । उनीमाथि घूसखोरी, धोखाधडी र विश्वास उल्लंघनको आरोप छ । उनले आरोपहरू अस्वीकार गर्छन् । एक भिडियो सन्देशमा, नेतन्याहूले हमाससँगको युद्धलाई उल्लेख गर्दै उनी कानुनी प्रक्रिया निष्कर्षमा पुग्न चाहेको तर राष्ट्रिय हितले अन्यथा माग गरेको बताएका छन् ।

यस महिनाको सुरुमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली राष्ट्रपति हर्जोगलाई नेतान्याहूलाई ‘पूर्ण माफी’ दिन अपील गरेका थिए । इजरायल पुगेर संसदमा सम्बोधन गर्दै सो आग्रह गरेका थिए । त्यतिबेला, हर्जोगले माफीको लागि औपचारिक अनुरोध आवश्यक रहेको बताएका थिए ।
आइतबार, राष्ट्रपति कार्यालयले नेतान्याहूको अनुरोधको घोषणा गर्यो र उनको पत्र जारी गर्यो, जसमा घटनाको ‘गम्भीरता र प्रभाव’ का कारण यो निर्णय गरिएको हो ।
राष्ट्रपति कार्यालयले राष्ट्रपतिले कहिले निर्णय लिनेछन् भन्ने कुरा अहिलेसम्म बताएको छैन ।



