बुटवल अटो इन्जिनियरीङ्ग एशोसियशन साधारण सभा सम्पन्न

– कृष्ण खनाल


बुटवल४ मंसिर । बुटवल अटो इन्जिनियरीङ्ग एशोसियशन बुटवलको १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।


साधारण सभाको उद्घाटन गर्दै स्थानिय विकास राज्य मन्त्रि घनश्याम यादवले अटो भिलेजको स्वामित्व हस्तान्त्रणको विषयमा नगरपालीका मैनाबगर बासी र व्यावसायी विचको  विवाद समाधान गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताउदै निकट भविष्यमै विवाद समाधान हुने विश्वास व्यक्त गरे ।


अटो भिलेजको स्वामित्वको विषयमा उत्पन्न विवाद समाधानका लागि  छुट्टै ऐन ल्याएर भएपनि समाधान गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाए ।

 
एशोसिएशनका अध्यक्ष ज्योति भण्डारीको सभापतित्वमा सम्पन्न साधारण सभा उद्घाटन कार्यक्रममा पूर्व संासंद सूर्यप्रसाद प्रधान नेपाल अटो मेकानिक्स व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष महेश बज्राचार्य एकिकृत नेकपा माओवादीका कृष्ण पोखरेल नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डे नेकपा एमालेका खेम लुईटेल नेपाल ट्रेडयुनियन काग्रेसका काजिमान श्रेष्ठ बुटवल नगरपालीकाका सचिव यज्ञ प्रसाद भट्टराई रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक पश्चिम नेपाल बस व्यावसायी संघका अध्यक्ष कलाधर न्यौपाने रुपन्देही वयापार संघका अध्यक्ष टंक पोखरेल पश्चिमााचल यातयात व्यावसायी समितीका अध्यक्ष   लोकराज पोखरेल लगाएतले मन्तव्य व्यक्त गर्दै अटो भिलेजको स्वामित्व हस्तान्त्रण सम्बन्धि उत्पन्न विवाद तत्काल समाधान गर्नु पर्ने कुरामा जोड दिएका थिए ।