– कृष्ण खनाल
बुटवल ४ मंसिर । मोक्षधाम निर्माणार्थ रुपन्देहीको आनन्दवनमा आयोजना गरिएको महायज्ञ आईतबार सकिएको छ । गत कात्तिक २३ गते देखि शुरु भएको महायज्ञ १२ औं दिनका दिन सकिएको हो ।
बैद्धिक सनातन धर्मका पुराणहरुले उल्लेख गरेका ४ धाम बदि्रनाथ जगननाथ द्वारिकापूरी र रामेश्वरम तथा नेपालका प्रशिद्ध मन्दीर पशुपतिनाथ रामजानकी मन्दीर १ हजार ८ सालिकराम भगवान र बुद्ध मन्द्रीर सहित ८ धामको दिव्य बिग्रहहरु स्थापना गरी प्राकृतिक छटा झल्किने मन्दीरका साथै अत्याधुनिक सुबिधा सम्पन्न बृद्धाश्रम वाल आश्रम गुरुकुल सन्त निवास अतिथि गृह अमृत कुण्ड उद्यान गौशाला लगायत निमार्णका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गरिएको थियो ।
महायज्ञमा झण्डै ८ करोड दान संकलन भएको छ । महायज्ञमा बिभिन्न व्यक्तिहरुले १ बिगाहा ५ कठ्ठा जमिन दान गरेका छन । सो जमिनलाई समेत जोड्दा करिव १० करोडको सेरोफेरोमा दान संकलन भएको प्रचार संयोजक नारायण बाजाडेले बताए
महायज्ञमा यज्ञका संरक्षक वाल व्यास ईश्वरशरण शास्त्री प्रथम जगतगुरु अनन्त श्री विभूषित श्री वाल सन्तमोहनशरण देवाचार्य लगायतका विद्वानहरुले प्रवचन दिएका थिए । महायज्ञमा दान गर्ने दाता सहयोगी संघसंस्था लयायतलाई प्रशंशा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
महायज्ञ अवधिभर जिल्ला भरीमा गठन भएका उपसमितिहरुले झाकी सहीत उपस्थित भएका थिए भने ठूलो संख्यामा भक्तजनहरुको उपस्थिती हुँदा महायज्ञले मेलाको झल्को दिएको स्थानीय बासीन्दाले बताए ।