काठमाण्डौं मंसिर ६ गते । द हिमालयन चेस क्लबको आयोजनामा आजबाट प्रथम राष्ट्रिय एमेच्योर चेसच्याम्पियनसीप शुरु भयो । आज सम्पन्न पहिलो चरणको खेलमा ललितपुरका सुदिप बज्राचार्यसजिन महर्जन संजय महर्जन हेटौडाका धरम बहादुर लामा भक्तपुरका ज्ञानेन्द्र खाइजूउमेश संैजु दमकका प्रकाश नेपाल रुकुमका मिलन रोका कंचनपुरका भीमदत्त पाण्डेकाठमाण्डौका श्यामसुन्दर श्रेष्ठ उपेन्द्र कर्माचार्य भोजपुरका सुमन राई नेपालटेलिकमका गोबिन्द खड्का र कान्तिपुर चेस क्लबका आशानारायण लवटले सफलता हात पारे ।
त्यसैगरी अप्रत्यासित नतिजातर्फ ललितपुरका अनरेटेड राजकाजी महर्जनले नुवाकोटका१७८१ रेटेड मानकुमार गुरुङ्ग र लुभुका अशोक मोहन श्रेष्ठले १७१२ रेटेड सुरजलोहनीलाई पराजित गरे । त्यस्तै सुवासकुमार गुरुङ्ग र अविरल राई तथा विबेक श्रेष्ठ रपद्म रुपचाबीचको खेल बराबरी भयो ।
यसअघि क्लबका अध्यक्ष रामकुमार थापाको सभापतित्वमा सम्पन्न एक समारोहबीच प्रमुखअतिथि नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल बुद्धिचालसंघका अध्यक्ष राजेशहरि जोशीले संयुक्तरुपमा चेस गोटी चालेर प्रतियोगिताको उद्घाटनगर्नुभएको थियो । १६ जिल्लाका ४८ जनाखेलाडीहरु सहभागी प्रतियोगिताको विजेताले छैटौं राष्ट्रिय खेलकूदको लागिछनोट हुनेछ । त्यस्तै निजले एशियन एमेच्योर र वल्र्ड एमेच्योरमा पनि नेपालकोप्रतिनिधित्व गर्नेछ ।
भोलि बुधवार दोश्रो र तेश्रो चरणका खेलहरु हुनेछन् ।