
७ मंसिर, काठमाण्डौ । माओवादीका महासचिव रामबहादुर थापा बादलले क्रान्तिकारी धार जोगाउनका लागि नयाँ पार्टी गठनको तयारीमा रहन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।
वैद्य पक्षधर कार्यकर्तालाई मंगलवार धरानमा सम्बोधन गर्दै बादलले नेतृत्वले प्रतिक्रियाबादी निर्णय र सम्झौता गरिरहेकाले बिद्रोह आबश्यक भइसकेको बताएको आजको नागरिक दैनिकले छापेको छ ।

संबिधान जारी गर्ने दिन बिद्रोह गर्नु उत्तम हुनेछ,( थापाले भने( सर्वहारावर्गले आगामी संबिधान मान्नेछैनन, त्यसैले सोही दिन बिद्रोह थाल्यो भने उनीहरुले साथ दिन्छन् ।




