अर्घाखाँचीको सन्धिखर्कमा आउँदो शनिबार पेट सम्बन्धि एकदिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

मंसिर–२५,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा यहि मंसिर २७ गते शनिबार एकदिने बृहत निशुल्क स्वास्थ्य शिविर हुनेभएको छ ।

सन्धिखर्क नगरपालिकाको आयोजना र ग्यास्ट्रो सेन्टर बुटवलको प्राविधिक सहयोगमा पेट सम्बन्धित रोगलाई लक्षित गरी शिविर हुने भएको हो ।

विभिन्न कारणले उपचार गराउन नसकेका बिरामीहरुको उपचार र रोगको पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

Sandhikharka - Wikipedia

पेटको इन्डोस्कोपी सहितको ल्यावसेवा, बिरामी जाँचसेवा र आवश्यक औषधि समेत निशुल्क बितरण हुने शिबिरमा ग्यास्ट्रो सेन्टर बुटवलका बरिष्ठ पेट कलेजो आन्द्रा तथा प्याङक्रियाज रोग बिशेषज्ञ डा.मोहन भुसालको टिमले उपचार गर्नेछ । शिविरले गाउँ तथा शहरमा नागरिकमा लुकेर रहेको रोगको पहिचान सँगै उपचारमा सहजता प्रदान गर्ने विस्वाँस रहेको छ ।

रोगको पहिचानले समयमै उपचार पाउने र स्वास्थ्यलाभ हुने कुरालाई ध्यान दिदै शिविर सन्चालन गरिएको नगरप्रमुख श्रेष्ठको भनाई छ । इन्डोस्कोपी सेवा लिनको लागि खालीपेट हुनुपर्ने भएकोले सोहि अनुसार समयमै शिविरमा आएर स्वास्थ्य जाँच गरि अवसरको लाभ लिनुहुन आम जिल्लाबासीलाई सन्धिखर्क नगरपालिकाको अपिल छ । शिविर कुडुलेफाँट स्थित सन्धिखर्क बोर्डिङ्ग स्कुलको प्राङ्गणमा हुने आयोजक सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

 

Nepal life insurance