स्पिडले आत्महत्या गरेको हुनसक्ने

कार्डिफ, मंसिर १२ (एजेन्सी) वेल्सका फुटबल व्यवस्थापक ग्यारी स्पिडको मृत्यु भएको छ। पछिल्लो एक वर्षदेखि वेल्स राष्ट्रिय टोलीको व्यवस्थापक रहँदै आएका ४२ वर्षे स्पिडले आत्महत्या गरेको हुनसक्ने वेल्स फुटबल संघ ९एफएडब्लु० ले बिबिसीलाई बताएको छ।
स्पिडलाई उनकै घरमा आइबार बिहान मृतअवस्थामा फेला पारिएको चेसिर प्रहरीले जनाएको छ। श्रीमती र दुई सन्तान रहेका स्पिडलाई २०१० मा एमबिइले सम्मानित गरेको थियो। राष्ट्रिय टोलीबाट खेल्नेक्रममा उनले ८५ ुक्यापु जिते। १९९० मा कोस्टारिकामाथि १(० को विजय पाउँदा स्पिडले अन्तर्राष्ट्रिय ुडेब्युु गरेका थिए। २००४ मा राष्ट्रिय टोलीबाट संन्यास लिनुअघि उनले वेल्सका लागि ४४ खेलमा कप्तानी गर्दै ७ गोल गरे।
२०१० को डिसेम्बरमा प्रशिक्षणको छोटो अनुभव भए पनि उनलाई वेल्स व्यवस्थापकको जिम्मेवारी दिइएको थियो। पछिल्लोपटक उनको प्रशिक्षणमा वेल्सले नर्वेलाई मैत्रीपूर्ण खेलमा ४(१ ले पराजित गरेको थियो। स्पिडको व्यवस्थापनमा वेल्सले १० मध्येको ५ खेल जित्यो।
सिकारु खेलाडीका रूपमा लिड्सबाट खेल्न सुरु गरेका स्पिडले एलान रोडको टोलीलाई १९९२ मा इङ्लिस लिगको विजेता बनाइदिए। त्यसपछि इङ्लिस प्रिमियर लिगमा परिणत भएको थियो। १९९६ मा लिड्सबाट एभर्टन लागेका स्पिड त्यहाँको कप्तान पनि बने। १९९८ मा न्युक्यासल लागेपछि उनले त्यहाँबाट ६ वर्ष खेले। त्यसपछि उनले बोल्टनबाट ४ वर्ष खेले। प्रिमियर लिगको ५ सय खेलमा सहभागिता जनाउने उनी पहिलो खेलाडी हुन्।