



काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् ।
लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो ।

लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक (२७६) रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । नेपालको तर्पmबाट उनी सर्वाधिक रनकर्ता पनि हुन् । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्पm पनि १० विकेट पनि लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए । प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए ।


उनले १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त (सन्दीप लामिछाने र अविनाश बोहोरा) शीर्ष स्थानमा रहे । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने, रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट अविनाश बोहरा र सन्दीपले सर्वोत्कृष्ट बलर पुरस्कार पाए ।
लुम्बिनीले धेरै राम्रो क्रिकेट खेल्यो ः सुदूरपश्चिमका प्रशिक्षक जगत टमटा
लगातार दोस्रोपल्ट उपाधि जित्न असफल भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले खेलाडीको प्रदर्शनका कारण नै यहाँसम्म आइपुगेको र आज खराब दिन नै रहेको प्रतिक्रिया दिएका छन् ।


लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएपछि प्रशिक्षक टमटाले लुम्बिनीले धेरै राम्रो क्रिकेट खेलेको र आफ्नो टोलीको ब्याटिङ पनि चल्न नसकेको बताए । अर्को सिजन सुदूरपश्चिम थप बलियो भएर आउने उनको विश्वास छ । रोहित प्लेअर अफ दी टुर्नामेन्ट हुनु राम्रो रहेको उनले उल्लेख गरे । विनोद भण्डारीले पनि राम्रो ब्याटिङ गरेको र उनी पनि दाबेदोर रहे पनि आज खराब दिन बनेको प्रशिक्षक टमटा बताउँछन् । लुम्बिनी लायन्सका शेर मल्लले फ्रेन्चाइजमा एउटा लक्ष्य लिएर आएको र आज पूरा भएको बताए । आज राम्रो प्रदर्शन गर्न पाउँदा खुसी रहेको उनी बताउँछन् । टस जितेर पनि आफूहरू बलिङ नै गर्ने पक्षमा रहेको उनले उल्लेख गरे । तर, बलिङ नै गर्न पाउनु राम्रो रहेको उनको भनाइ छ । साथै बलिङमा पनि त्यहीअनुरूप राम्रो प्रदर्शन गर्न पाउँदा खुसी रहेको शेरले बताए ।

टोलीलाई जिताएर आफूले पनि राम्रो गर्न पाउनु विशेष क्षणको रूपमा उनले सम्झिए । कप्तान रोहितले विश्वास गरेर बलिङ गर्न दिएको र त्यसमा राम्रो गर्न पाउँदा आफू खुसी रहेको शेरको भनाइ छ ।
ह्याट्रिकपछि सुदूरपश्चिम थप दबाबमा प¥योः रोहित
रोहितले प्रतियोगिताभर नै सुदूरपश्चिमले राम्रो खेल्दै आएको उल्लेख गर्दै १४० रनसम्म रोक्यौं भने जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए । उनले आफ्नो ह्याट्रिकपछि सुदूरपश्चिमको मिडल अर्डर दबाबमा परेको पनि औंल्याए । ह्याट्रिक नै लिन्छु भन्ने कल्पना नै नगरेको उनको भनाइ छ । साथै आजको बलिङमा शेर मल्ल, ट्रम्पलमेन र तिलकराज भण्डारीले पनि राम्रो खेल्दा सहज भएको उनी बताउँछन् । शेर र अन्य नेपाली खेलाडीको राम्रो प्रदर्शनले विश्वकप यात्रामा पनि सुखद हुने आशा गरेका छन् ।



