विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक काश्य पदक विजेता थापाको भव्य स्वागत

imagesimages

 

काठमाडौँ । युएइमा डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई भब्य स्वागत गरिएको छ ।

Nepal life insurance

अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव राम चरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेलकुद संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई स्वागत गरेका हुन् ।

बक्सिङको वर्ल्ड च्याम्पियनसिपमा नेपालले जित्न लागेको यो पहिलो पदक बनेको छ । ऐतिहासिक सफलतासामु पुग्ने क्रममा चन्द्रले ५४ केजी तौल समूहका इरानी बक्सर मेहदी काजेमीलाई युनानिमाउस डिसिजनका आधारमा ५: ० ले पराजित गर्दै अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा नेपालले उपस्थितिलाई गर्विलो बनाएका छन् । यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल स्थान बनाएका थिए ।  प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सीमित भएका थिए । यससँगै उनले ७५ हजार अमेरिकन डलर (अमेरिकी डलर) हात पारेका छन् ।

 

Nepal life insurance