१७ मिनेटमा कपाल काटी गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सयौं हेयर ड्रेसरहरु मेक्सिकोमा भेला भएका छन् । मेक्सिकोको ऐतिहासिक ताल चापुलतेपेकमा आयोजना गरिएको प्रतिस्पर्धामा १६ सय ६२ जना हेयर ड्रेसर सहभागी भए ।
मेक्सिकोको कयौं शहरका प्रख्यात हेयर ड्रेसरहरुले १७ मिनेटभित्र ब्यक्तिको बिभिन्न शैलीमा कपाल काटी रेकर्ड तोड्ने प्रयास गरेका छन् ।
यद्यपी गिनिज बुक अफ वल्र्ड रेकर्ड तोडिएको बारे सार्वजनिक गरिएको छैन । यसअघि सन् २०१० को नोभेम्बर ९ मा जापानमा ११ सय ५५ जना हेयर ड्रेसरले सहभागिता जनाई गिनिज बुक अफ वल्र्डको रेकर्ड तोडिएको थियो ।