अर्घाखाँचीमा पूंजी बजार साक्षरता कार्यक्रम सम्पन्नः प्रविधि मार्फत हुने ठगीबाट बच्न सरोकारवालाको सुझाव (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–०१, अर्घाखाँची – विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा सोमबार अर्घाखाँचीमा पूंजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ ।

May be an image of one or more people, people studying, lighting, dais and textNepal life insurance

नेपाल धितोपत्र बोर्ड र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोर्डका निर्देशक अनुज कूमार रिमाल र सहायक निर्देशक यमनाथ अर्यालले प्रविधि तथा डिजिटल फाइनान्स, ए.आई.को बारेमा जानकारी र उपयोगिता, क्रिप्टो एसेट्स अन्य लगानीका आधार र ठगीको रोकथामका बिषयमा प्रस्तुती दिनुभएको थियो ।

May be an image of one or more people and text

कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले निजि क्षेत्र र राज्य एकअर्काको परिपुरक बनेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । महाभूकम्प, कोभिड १९, विभिन्न बिपद तथा आन्दोलनको नाममा हुने विध्वंसले निजि क्षेत्रको लगानी सुरक्षित हुन नसकिरहेको र अपेक्षित प्रतिफल समेत आउन नसकेको उहाँको भनाई छ ।

May be an image of one or more people and people studying

यस्तो अवस्थामा विकसित प्रविधिको सहि उपयोग गरि लगानी सुनिश्चित हुने क्षत्रमा लगानी गरि मुलुकको समृद्धिका निम्ती सबै मिलेर हातेमालो गर्नुपर्नेमा नगरप्रमुख श्रेष्ठको जोड रहेको छ ।

May be an image of one or more people, people studying and text that says "iosco 서어스 अपता्ड 00D वरवन जवाजर বर ਧੂशी NIR साकरता सामरता तथ्या हगाजीकर्ता तमेतना अजिवृदय कार्यत्रम 정도기 동빙터 መዕስ ಜಕ್ಗಗజ पुँजी बजार साक्षरता लगानीकर्ता सचेतना अभिवा c리 米 नपन पितोपन मिती: २०८२ मसिर २१: गत"

कार्यक्रममा सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई सहित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालय, संघ–संस्था, बैंक तथा वित्तिय सस्था, स्थानिय उद्योगी, व्यवसायीका प्रमुख एवं् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

May be an image of one or more people and text

अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता र महासचिव तुल्सीराम खनालको संचालनमा सम्पन्न कार्यक्रमका सहभागीले निकै रुचीको बिषय जान्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

May be an image of studying, lighting and table

कार्यक्रमका वक्ताहरुले प्रविधिको प्रयोगमार्फत हुने ठगीका घटनाबाट बच्न लगानीकर्ताले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

May be an image of one or more people, television and text

Nepal life insurance