अर्घाखाचि टाईम्स संवादाता
बुटवल १५ मंसिर । पौष ७ गते देखी १९ गते सम्म संाचालन हुन लागेको बाह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनीकृषि तथा पर्यटन महोत्सवमा थप विभिन्न उपसमितिहरु गठन भएका छन् ।
गठित पुरस्कार व्यवस्थापन उपसमितिको संयोजकमा अजय कुमार गुप्ता सहसंयोजकमा देवानन्द पाण्डे सदस्यहरुमा अजय अधिकारी राजेश मल्ल रचना पन्त रिमबहादुर श्रेष्ठ र बुद्धी प्रसाद शर्मा रहेका छन ।
त्यसैगरी पर्यटन प्रवद्र्धन उपसमितिको संयोजकमा नरेश कुमार श्रेष्ठ सहसंयोजकमा अनिलमान श्रेष्ठ सदस्यहरुमा अन्जन कुमार श्रेष्ठ अर्जुन पौडेल देवी कुमार श्रेष्ठ यादव घिमिरे दिपेन्द्र कर्माचार्य कृष्ण न्यौपाने र मोहित पिया रहेका छन ।