ओस्कर अवार्ड २०२९ देखि युट्युबमा प्रत्यक्ष प्रशारण हुने

imagesimages

 

काठमाडौँ । मनोरञ्जन जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार समारोह, ओस्करको लागि एउटा ठूलो परिवर्तन हुन लागेको छ ।

२०२९ देखि ओस्कर अब युट्युबमा विशेष रूपमा प्रत्यक्ष प्रसारण हुने भएको हो । यो आधिकारिक रूपमा ओस्कर प्रदान गर्ने संस्था एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले घोषणा गरेको छ ।

Nepal life insurance

ओस्करको २०२८ सम्मको प्रशारण अधिकार एबीसी च्यानलसँग रहेको छ । ओस्कर यसको १००औं वार्षिकोत्सव (२०२८) सम्म एबीसी टिभी च्यानलमा प्रसारण जारी रहनेछ । २०२९ मा, एबीसी र ओस्कर बीचको लामो समयदेखिको साझेदारी समाप्त हुनेछ र कार्यक्रम पूर्ण रूपमा युट्युबमा सर्ने भएको हो ।

युट्युबले मुख्य ओस्कार कार्यक्रम मात्र नभई धेरै अन्य कार्यक्रमहरू पनि प्रस्तुत गर्नेछ, जस्तै: गभर्नर पुरस्कार, ओस्कार मनोनयन घोषणा, ओस्कार मनोनयन लन्च, विद्यार्थी एकेडेमी पुरस्कार, वैज्ञानिक र प्राविधिक पुरस्कार, फिल्म निर्माता अन्तर्वार्ता, पोडकास्ट, र फिल्म-सम्बन्धित शैक्षिक भिडियोहरूलगायत यसका साथै, एकेडेमीका विगतका कलाकृतिहरू र अभिलेखहरू गुगल कला र संस्कृति मार्फत डिजिटल रूपमा अनलाइन उपलब्ध गराइनेछ ।

एकेडेमीका सीईओ बिल क्रेमर र अध्यक्ष लिनेट होवेल टेलरले युट्युबसँगको यो साझेदारीले हामीलाई विश्वव्यापी दर्शकहरूसम्म पुग्न मद्दत गर्ने बताए ।

टिभीमा अवार्ड कार्यक्रमहरूको दर्शक संख्या घटिरहेको समयमा एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले यस्तो कदम चालेको बुझिएको छ । टिभीका दर्शक घटिरहेकै कारणविश्वका प्रमुख अवार्ड कार्यक्रमहरू स्ट्रिमिङ प्लेटफर्महरूमा सरिरहेका छन् । यसअघि पहिले, नेटफ्लिक्सले २०२३ मा साग अवार्डहरूको अधिकार प्राप्त गरेको थियो, जुन ओस्कारको अग्रदूत मानिन्छ ।

 

Nepal life insurance