काठमाडौं, १६ मंसिर भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने नवौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले मालदिभ्सको सामना गर्दैछ ।
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेलमा नेपालले साविक विजेता मालदिभ्ससाग प्रतिस्पर्धा गर्न लागेको हो ।
४ पटकसम्म फाइनलमा पुगेर एक पटक मात्र साफ च्याम्पियनसिपको उपाधी हात पारेको मालदिभ्ससँगको खेलनै निर्णायक हुने प्रशिक्षक ग्राहम रोबर्टसले बताएका छन् । यसअघि भएका खेलहरुमा नेपालले माल्दिभ्सलाई ३ पटक पराजित गरेको छ भने ४ पटक माल्दिभ्ससँग पराजित भएको छ । अन्तर्राष्ट्रिय लिगमा समेत राम्रो अनुभव बटुलेका माल्दिभ्सको टिमले नेपालले कडा टक्कर दिने अनुमान गरिएको छ ।
समुह ुकु मा रहेको नेपालले आफ्नो दोस्रो खेल २० गते पाकिस्तानसाग खेल्नेछ । प्रतियोगितामा नेपालसागै भारत, माल्दिभ्स, भुटान, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सहभागी छन् ।