विश्वकै लामो राजमार्ग सुरुङ सञ्चालनमा आउँदै

imagesimages

 

काठमाडौँ ।  चीनको उत्तरपश्चिम शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा निर्माणाधीन विश्वकै लामो राजमार्ग सुरुङ ‘तियानशान शेङली सुरुङ’ यो वर्षको अन्त्यसम्म यातायातका लागि खुला हुने भएको छ । यसले शिनजियाङको उत्तरी र दक्षिणी भाग जोड्ने नयाँ छोटो मार्ग उपलब्ध गराउनेछ ।

Nepal life insurance

शिनजियाङ क्षेत्रीय सरकारको सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यातायात विभागका उपनिर्देशक गुओ शेङले उरुम्ची–युली राजमार्ग सञ्चालनमा आएपछि शिनजियाङको उत्तरी र दक्षिणी क्षेत्रको समन्वयित विकासमा लामो समयदेखि वाधक बनेको यातायात अवरोध हट्ने बताउनु भयो ।

२२.१३ किलोमिटर लामो यो सुरुङले तियानशान पर्वतको मध्य भाग पार गर्न लाग्ने समयलाई केही घण्टाबाट घटाएर करिव २० मिनेटमा झार्नेछ ।

सञ्चालनमा आएपछि तियानशान पर्वतको उत्तरमा रहेको क्षेत्रीय राजधानी उरुम्चीदेखि दक्षिणमा रहेको कोर्लासम्मको यात्रा समय सात घण्टाबाट घटेर करिव तीन घण्टामा सीमित हुने अधिकारीहरूले जनाएका छन् । यो सुरुङको सञ्चालनले शिनजियाङ क्षेत्रको आर्थिक तथा सामाजिक एकीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

Nepal life insurance