दलित लक्षित कार्यक्रममार्फत सन्धिखर्क–७ का दुई आधारभूत विद्यालयका ६८ विद्यार्थीलाई न्यानो कपडा वितरण (तस्बिर सहित )

imagesimages

 

 -अनिल नेपाली / अर्घाखाची डटकम।

अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नं. ७ अन्तर्गत रहेका श्री मुक्ति आधारभूत विद्यालयश्री भगवती आधारभूत विद्यालयमा अध्ययनरत दलित तथा गैरदलित विद्यार्थीहरूलाई दलित लक्षित कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको छ।

May be an image of one or more people and textNepal life insurance

कार्यक्रममार्फत श्री मुक्ति आधारभूत विद्यालयका ३१ जना तथा श्री भगवती आधारभूत विद्यालयका ३७ जना गरी जम्मा ६८ जना विद्यार्थीहरू लाभान्वित भएका छन्। चिसो मौसम बढ्दै गइरहेका बेला आर्थिक रूपमा कमजोर, असहाय तथा उत्पीडित समुदायका विद्यार्थीहरूलाई राहत पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

May be an image of one or more people

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीले चिसोका कारण विद्यार्थीहरूको पठन–पाठन प्रभावित नहोस् भन्ने लक्ष्यसहित न्यानो कपडा वितरण गरिएको बताउनुभयो। उहाँले यस सहयोगले विद्यार्थीहरूको मनोबल अभिवृद्धि हुने, नियमित विद्यालय उपस्थितिमा सहयोग पुग्नेशिक्षामा निरन्तरता कायम हुने विश्वास व्यक्त गर्नुभयो।

May be an image of one or more people

वडा अध्यक्ष केसीका अनुसार, उक्त विद्यालयहरूमा अध्ययनरत करिब ९० प्रतिशत विद्यार्थीहरू गरिब, दलित तथा जनजाति समुदायका रहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण कतिपय विद्यार्थीहरूलाई पर्याप्त लुगाफाटोको अभावमा विद्यालय आउन कठिनाइ हुने अवस्था देखिएपछि न्यानो कपडा वितरण गरिएको उहाँले स्पष्ट पार्नुभयो।

May be an image of one or more people and text

कार्यक्रममा श्री मुक्ति आधारभूत विद्यालयकी प्रधानाध्यापक विष्णुमाया पन्थी आचार्यश्री भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक हरि भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयमा टिकाइ राख्न, सिकाइ वातावरण सुधार्न र अभिभावकमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

May be an image of one or more people

कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली, डुकलाल पोखेल, मीना ज्ञवालीलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सीता बिसी पराजुलीले गर्नुभएको थियो।

थप तस्बिर ः

May be an image of one or more people and textMay be an image of one or more people and textMay be an image of one or more people and textMay be an image of one or more people, hospital and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people

Nepal life insurance