अर्घाखाँची: ओभरलोड ट्रिपरविरुद्ध ट्राफिक प्रमुख केसीको कडा अभियान, स्वयं सडकमा उत्रिएर कारबाही।

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची।

 अर्घाखाँची। सडक दुर्घटना न्यूनीकरण र यातायात सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसी सोमबार स्वयं गोरुसिंगे–सन्धिखर्क सडक खण्ड अन्तर्गत लाहुरे बजार क्षेत्रमा सडकमा खटिँदै क्षमताभन्दा बढी ढुंगा बोकेका ट्रिपरहरूविरुद्ध कडा कारबाही गर्नुभएको छ।

Nepal life insurance

प्रमुख केसीको नेतृत्वमा खटिएको जम्बो ट्राफिक टोलीले सडकमै निगरानी र जाँच गर्दा १५ वटा ट्रिपरहरू क्षमताभन्दा बढी ढुंगा बोकेको अवस्थामा फेला परेका थिए। नियमविपरीत ढुवानी गरेको पाइएपछि ट्राफिक प्रमुख केसी स्वयं ट्रिपरको छतमा चढेर ओभरलोड ढुंगा हटाउन निर्देशन तथा निगरानी गर्नुभएको थियो।

ट्राफिक प्रमुख केसीले ओभरलोडका कारण सडक संरचनामा दीर्घकालीन क्षति पुग्ने, सवारी साधन अनियन्त्रित भई गम्भीर दुर्घटना हुन सक्ने खतरा औंल्याउँदै चालक तथा सहचालकलाई सडक सुरक्षा र यातायात नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षण समेत दिनुभयो।

उहाँले क्षमताभन्दा बढी सामान ढुवानी गर्ने कुनै पनि सवारी साधन, चालक वा सहचालकलाई अब कडाभन्दा कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिनुभयो।

“नियम उल्लंघन गर्ने जुनसुकै सवारीसाधनमाथि अब छुट हुँदैन,” ट्राफिक प्रमुख केसीले भन्नुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्ता अभियानलाई निरन्तरता दिने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक क्षति रोक्न कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

 

Nepal life insurance

अन्य समाचारहरु