अर्घाखाँची: सुपादेउरालीको गरिमा, विश्वास र ऐतिहासिक पहिचान जोगाउन सराेकारवाला ,जनप्रतिनिधि सबै मिलेर सुपादेउरालीकाे व्यवस्थापन गछाै  : अध्यक्ष चुरा ब. केसी

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची डटकम ।

अर्घाखाँची। अर्घाखाँची जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक धरोहरका रूपमा रहेको सुपादेउराली मन्दिरको संरक्षण, व्यवस्थापन र गरिमालाई थप सुदृढ बनाउन सबै सरोकारवाला निकाय, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच सर्वपक्षीय सहकार्य अनिवार्य रहेको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा ब. केसी ले स्पष्ट गर्नुभएको छ।

Nepal life insurance

सुपादेउरालीको धार्मिक आस्था, सामाजिक विश्वास र ऐतिहासिक पहिचानलाई कायम राख्दै आगामी दिनमा यस क्षेत्रलाई व्यवस्थित, पारदर्शी र दीर्घकालीन व्यवस्थापन प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष केसीले यसमा स्थानीय सरकारदेखि नागरिक समाजसम्मको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो।

अध्यक्ष केसीले पुस ६ गते सितापुर–खाँचीकोटमा सम्पन्न भेलामा भएका केही निर्णयहरू प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै, ती कमजोरीहरूलाई सच्याएर सुपादेउरालीको दीर्घकालीन हितलाई केन्द्रमा राखी निर्णय लिनुपर्नेमा जोड दिनुभयो।

उहाँले सुपादेउरालीजस्तो धार्मिक स्थललाई केन्द्र बनाएर अनावश्यक विवाद, भ्रम सिर्जना गर्ने वा व्यक्तिगत स्वार्थपूर्तिका लागि स्थिति बिगार्ने प्रयास नहुनुपर्ने भन्दै सबैलाई संयमित, जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

images

सुपादेउराली कुनै व्यक्ति वा समूहको स्वार्थसँग जोडिएको विषय होइन, यो सम्पूर्ण अर्घाखाँचीवासीको आस्था, पहिचान र गौरवको केन्द्र हो,” अध्यक्ष केसीले उल्लेख गर्नुभयो।

images

उहाँले सुपादेउरालीको ऐतिहासिक महत्व, धार्मिक गरिमा र जनविश्वासलाई अझ उचाइमा पुर्‍याउन संवाद, सहकार्य र सहमतिमार्फत अघि बढ्नु नै सबैभन्दा उत्तम मार्ग भएको स्पष्ट गर्नुभयो।

 

images

Nepal life insurance