१९,५२५ लडाकुलाई कात्तिकसम्मकै भत्ता

काठमाडौ, मंसिर १९ ( सरकारले १९ हजार ५ सय २५ माओवादी लडाकुको कात्तिक मसान्तसम्मको भरणपोषण ९रासन भत्ता० र मासिक भत्ताबापतको रकम निकासा गरिसकेको खुलेको छ ।

शान्ति मन्त्रालयअन्तर्गतको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयका लेखा अधिकृत विष्णुहरि वाग्लेले कात्तिकसम्मको रकम निकासा गरिसकेको जनाए । वर्गीकरणको प्रारम्भिक तथ्यांकअनुसार भने करिब तीन हजार लडाकु ुगायबु हुनसक्ने देखिएको छ ।

माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले हालै सकेको वर्गीकरणका बेला २ हजार ६ सय ७१ लडाकु अनुपस्थित देखिएका छन् । प्राविधिक कारणले कतिपय लडाकुको दोहोरो दर्ता भएकाले त्यसको पुनः जाँच गरिने सचिवालय संयोजक बालानन्द शर्माले बताए । सचिवालय स्रोतअनुसार दोहोरो दर्ता भएकाको संख्या घटाउँदा अनुपस्थित हुनेको संख्या तीन हजार पुग्ने अनुमान

छ । शिविर व्यवस्थापन कार्यालय स्रोतका अनुसार चितवनस्थित तेस्रो, सुर्खेतस्थित छैटौं र कैलालीस्थित सातौं शिविरबाहेक अन्य चार मुख्यसहित मातहतका १२ शिविरमा मंसिर महिनाको रासनबापतको करिब तीन करोड रुपैयाँसमेत वितरण भइसकेको छ ।

सचिवालयले सन् २०११ को सुरुमा अद्यावधिक गरेको तथ्यांकअनुसार अनमिनबाट प्रमाणित १९ हजार ६ सय २ लडाकुमध्ये भगौडा, मृत्यु र जेल परेकाको संख्या १ सय १४ थियो । प्रमाणित संख्यामा १ सय १४ घटाउँदा १९ हजार ४ सय ८८ हुन्छ । तर शिविर व्यवस्थापनले १९ हजार ५ सय २५ लडाकुलाई कात्तिकसम्मकै रासन र भत्ताबापतको रकम वितरण गरेको हिसाबले भगौडा, मृत्यु र जेल परेका ३७ जनाको नाममा समेत रकम लिइएको खुलासा भएको छ ।

केन्द्रीय शिविर व्यवस्थापन कार्यालयका सहसमन्वयकर्ता सहसचिव जयदेव श्रेष्ठका अनुसार रासनबापतको रकम कार्यालयले ७ मुख्य र २१ सहायक गरी २८ शिविरका कमान्डर वा उनले तोकेको प्रतिनिधिमार्फत एकमुष्ठ वितरण गर्दै आएको छ ।

ुमासिक भत्ता भने स्थानीय शिविर व्यवस्थापन अधिकृतले प्रत्येक लडाकुलाई चेकमार्फत वितरण गर्दै आएका छन्,ु उनले भने, ुमोबाइल बैंक लगेर त्यस्तो चेक शिविर आसपास नै सटही गर्ने व्यवस्था गरिएको छ ।ु

झन्डै तीन हजार ुगायबु देखिएको अवस्थामा कसरी प्रत्येक लडाकुलाई हातहातमै चेक वितरण गरियो त रु भन्ने प्रश्नमा उनले भने, ुस्थानीय अधिकृतले परिचयपत्र लिएर आउनेलाई रकम दिने व्यवस्था छ । परिचयपत्र लिएर आउने व्यक्ति उही हो कि होइन भनेर परीक्षण गर्ने संयन्त्र हामीसँग छैन ।ु लडाकुहरू परिचयपत्र बोकेर र ड्रेसमै उपस्थित हुने भएकाले त्यही आधारमा मासिक भत्ता वितरण हुने गरेको उनले जनाए ।

लडाकुका लागि बनाइएको आचारसंहिताअनुसार एकपटकमा १२ प्रतिशत लडाकु घर बिदामा बस्न पाउँछन् । स्थानीय शिविर व्यवस्थापन अधिकृत मासिक भत्ता वितरण गर्न पुगेका बेला कमान्डरहरूले लडाकु बिदामा गएको भन्दै उनीहरूको चेक आफैंले बुझ्ने गरेको स्रोतले बतायो । ुदोहोर्‍याएर, तेहेर्‍याएर जाने अनुकूलता पनि पर्दैन । त्यसमाथि कमान्डरले आफैंलाई दिन दबाब दिएपछि सवालजवाफ गर्ने अवस्था छैन,ु एक स्थानीय शिविर व्यवस्थापन अधिकृतले भने ।

वर्गीकरणका बेला ुगायबु देखिएको संख्या शिविर स्थापना लगत्तैको भए बितेका पाँच वर्षमा उनीहरूका नाममा कमान्डरहरूले करिब डेढ अर्ब रुपैयाँ बुझिसकेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि तीन हजार लडाकु ुगायबु हुनसक्ने स्वीकार गरेका छन् । ुतीन हजार नै अनुपस्थित देखिएको मान्दा पनि उनीहरूको पैसा पार्टीले लिएको छैन । शिविरकै पूर्वाधार निर्माण र औषधोपचारमा खर्च भएको छ,ु आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा दाहालले भनेका छन् ।

images

सुरुमा ३ हजार प्रतिमहिना रहेको लडाकु भत्ता माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि २०६५ असोजमा बढाएर ५ हजार पुर्‍याइएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ साउनबाट लागू हुनेगरी लडाकु भत्ता ६ हजार ५ सय पुर्‍याएका छन् । रासनबापत भने सुगम, दुर्गम हेरी प्रतिलडाकु दैनिक ७२, ७६, ८० र १ सय १० रुपैयाँ दिने गरिएको छ । अनुपातमा यो रकम प्रतिलडाकु मासिक ३ हजार हुन जाने कार्यालयले जनाएको छ ।

भरणपोषण र मासिक भत्ताबाहेक पनि कार्यालयले ुअन्यु शीर्षकमा करिब ४६ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम शिविर स्थापनाका बेला सुरुमा टहरा निर्माणमा करिब २० करोडसहित अहिलेसम्मको बिजुली, टेलिफोन, खाद्यान्नलगायतको ढुवानीबापतको खर्च हो ।

images

यसबाहेक शान्ति मन्त्रालयअन्तर्गतकै ुनेपाल पिस ट्रस्ट फन्डु ले स्वास्थ्य मन्त्रालयमार्फत बितेको पाँच वर्षमा औषधि, उपचारबापत मात्रै लडाकुका लागि एक अर्बभन्दा बढी खर्च गरेको स्रोतले बतायो । सरकार र दातृ निकायकोे सहयोगसमेतमा शान्ति स्थापनासम्बन्धी कार्य गर्न स्थापना गरिएको फन्डले भौतिक योजना तथा निर्माणलगायत विभिन्न मन्त्रालयमार्फत शिविरका भौतिक संरचना, बाटो, खानेपानीलगायत निर्माणमा २० अर्बभन्दा बढी रकम खर्चेकोे मन्त्रालय स्रोतले बतायो ।  

आर्थिक वर्ष    भरणपोषण     मासिक भत्ता

images

            ९रासन भत्ता०

०६३र६४    १७३९२०५६०।(    ९२५५६०००।(

०६४र६५    ५१०७५१५६०।(    ५१४४८५०००।(

०६५र६६    ५४७५४४७२४।(    १८५५३४४५८३।(

Nepal life insurance

०६६र६७    ५६४९०८५८८।(    ११७३५२७७४०।(

०६७र६८    ५६२८४०१५२।(    ११६९०८००००।(

०६८र६९    १८८९६८९९४।(    ४४४२५६५५४।(

जम्मा    २५४८९३४५७८।(    ६०८२२५६८७७।(

रासन र भत्ता        ८६३११९१४५५।(

अन्य खर्च        ४५९९७१४४४।(

कुल खर्च        ९०९११६२८९९।(