“गोर्खा राज्यसँग ऐतिहासिक नाता जोडिएको खाँचीकोट दरबार: आस्था, सौन्दर्य र पर्यटनको अपार सम्भावना हुँदाहुँदै प्रचार अभावमा ओझेलमा”

imagesimages

 

“गोर्खा राज्यसँग जोडिएको खाँचीकोट दरबार, “इतिहास बोकेको खाँचीकोट, आस्था, सौन्दर्य र पर्यटनको अपार सम्भावना” :  “इतिहास, आस्था र पर्यटनको केन्द्र खाँचीकोट दरबार प्रचार अभावमा ओझेलमा”

-अनिल नेपाली ,अर्घाखाची डट्कम ।

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित ऐतिहासिक खाँचीकोट दरबार पर्याप्त प्रचार–प्रसारको अभावका कारण अझै पनि ओझेलमा परेको छ। बाइसे–चौबिसे राज्यकालमा अर्घाखाँचीमा अर्घा र खाँची नामका दुई राज्य अस्तित्वमा रहेका थिए, जसमा खाँची राज्यको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व विशिष्ट रहेको इतिहासकारहरू बताउँछन्।

खाँची राज्यका तेह्रौँ पुस्ताका राजा दल शाह की छोरी चन्द्रप्रभा को विवाह गोर्खाका राजा नरभूपाल शाह सँग भएको थियो। चन्द्रप्रभा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन्। आफ्नै सन्तान नभए पनि चन्द्रप्रभाले पृथ्वीनारायण शाहको लालनपालन र व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। यही ऐतिहासिक सम्बन्धका कारण खाँची राज्य शक्तिशाली गोर्खा राज्यसँग जोडिएको थियो, जसले खाँचीकोटको ऐतिहासिक महत्वलाई थप पुष्टि गर्छ।

May be an image of temple

खाँचीकोट दरबार अवस्थित स्थानबाट सन्धिखर्क बजारसहित अर्घाखाँची, गुल्मी र पाल्पाका विभिन्न भू–भाग तथा हिमश्रृङ्खलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। सुपा देउराली–नरपानी क्षेत्रमा आउने पर्यटकलाई नजिकै रहेको खाँचीकोट दरबारसम्म आकर्षित गर्न संस्थागत र दीर्घकालीन प्रचार रणनीति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।

May be an image of temple

images

खाँचीकोट क्षेत्र नयाँ पुस्ताका लागि इतिहास अध्ययन, धार्मिक आस्था, प्राकृतिक सौन्दर्य अवलोकन, फोटोग्राफी तथा डिजिटल सामग्री निर्माण का दृष्टिले उपयुक्त गन्तव्य मानिन्छ। यहाँ विशेषगरी दशैंको नवदुर्गा पूजा तथा दशैंको तेस्रो दिन त्रयोदशीमा पौराणिक सराय मेला नाच हुँदै आएको छ। तर पर्याप्त प्रचार नहुँदा यस शक्तिपीठको धार्मिक र सांस्कृतिक महत्व धेरै भक्तजनसम्म पुग्न सकेको छैन।

images

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसी का अनुसार खाँचीकोट जस्तो महत्वपूर्ण ऐतिहासिक स्थल संरक्षण र प्रवर्द्धनका लागि सडक सञ्जालको सुधार, पुरातात्विक शैलीमा पुनर्निर्माण र मन्दिर क्षेत्रको व्यवस्थित विकास अपरिहार्य छ।

images

पर्यटन मन्त्रालय (लुम्बिनी प्रदेश), सन्धिखर्क नगरपालिका र स्थानीय तहको साझेदारीमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी मन्दिर व्यवस्थापन तथा नयाँ स्वरूपमा पुनर्निर्माणको काम अघि बढिरहेको अध्यक्ष केसीले जानकारी दिनुभयो। यसका साथै स्थानीय बासिन्दाबाट जनश्रमदानमार्फत करिब १० लाख रुपैयाँ बराबरको योगदान भइसकेको छ। करिब १ करोड रुपैयाँ थप बजेट उपलब्ध भएमा आधुनिक प्रविधिअनुसार भव्य मन्दिर निर्माण सम्भव हुने उहाँको भनाइ छ।

गत वर्ष उद्योग, वन तथा पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरी मन्दिर क्षेत्रका सिँढी निर्माण गरिएको थियो। सुपा देउराली मन्दिर व्यवस्थापन समितिबाट पनि १० लाख रुपैयाँ बजेट छुट्याई निर्माण कार्य भइरहेको छ। भविष्यमा काठमाडौँको इँटा प्रयोग गरी पितलको छाना र टुँडालसहितको संरचना निर्माण गर्न सके खाँचीकोट आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

अध्यक्ष केसीका अनुसार सुपा देउराली मन्दिर आउने पर्यटकका लागि पहुँच मार्ग सुधारिएको छ। “पर्यटनप्रति स्पष्ट दृष्टि र इच्छाशक्ति भएमा खाँचीकोट–सुपा देउराली क्षेत्रलाई १०० प्रतिशत पर्यटक भित्र्याउने गन्तव्य बनाउन सकिन्छ,” उहाँले भन्नुभयो। यसका लागि स्थानीय समुदायको सक्रिय सहभागिता निर्णायक हुने उहाँको जोड छ।

Nepal life insurance

 

Nepal life insurance