अर्घाखाँची: सन्धिखर्क–६ पोखेडाँडामा २० दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न। (तस्बिर सहित)

imagesimages

 

– अनिल नेपाली , अर्घाखाँची डटकम।

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ६ पोखेडाँडामा सञ्चालन गरिएको २० दिने होमस्टे व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरताको बलियो आधार निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिमले पोखेडाँडालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा उभ्याउने दिशामा महत्त्वपूर्ण पाइला चालेको छ।

May be an image of textNepal life insurance

तालिम समापन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पर्यटन नै स्थानीय समृद्धिको दीगो आधार भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “होमस्टे केवल बसोबासको माध्यम मात्र होइन, यो स्थानीय संस्कृति, उत्पादन र पहिचान बेच्ने माध्यम हो। पर्यटकले यहाँ स्थानीय अर्गानिक खाना खान पाउने, संस्कृतिमा रमाउने र स्थानीय घरमै बास बस्ने वातावरण बनाउनु हाम्रो लक्ष्य हो।”

May be an image of one or more people, television and text

मेयर श्रेष्ठले पोखेडाँडा क्षेत्रमा होमस्टे विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै सुपा देउराली मन्दिर, नर्तान्जल पर्व, ऊ कृष्ण गौशाला जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने बताउनुभयो। उहाँका अनुसार होमस्टे विकाससँगै कृषक, महिला, युवा र साना व्यवसायी प्रत्यक्ष लाभान्वित हुनेछन्।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले होमस्टेले गाउँमै रोजगारी सिर्जना गरी वैदेशिक पलायन रोक्न सहयोग पुर्‍याउने धारणा राख्नुभयो भने वडा अध्यक्ष श्रीधर महत्राले पोखेडाँडालाई नमुना होमस्टे गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

images

May be an image of one or more people, temple, dais and text

घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत दुर्गा न्यौपानेको अध्यक्षता तथा हुम बी. बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

images

उक्त तालिम कार्यक्रम ८० प्रतिशत लागत घरेलु तथा साना उद्योग कार्यालय२० प्रतिशत स्थानीय व्यवसायीहरूको साझेदारीमा सम्पन्न गरिएको हो। आयोजकका अनुसार तालिमपछि पोखेडाँडामा व्यवस्थित होमस्टे सञ्चालन भई स्थानीय आयआर्जन र पर्यटन प्रवर्द्धनमा ठोस परिणाम देखिने अपेक्षा गरिएको छ।

 

images

Nepal life insurance