एनपीएल दोस्रो सिजनको ट्रफी अर्घाखाँचीमाः क्रिकेटप्रेमी उत्साहित।

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–१३,अर्घाखाँची- नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी शनिबार अर्घाखाँची ल्याइएको छ ।

एनपीएल ट्रफी टुर अन्तर्गत शनिबार बिहान सुपादेउराली मन्दिर हुँदै ट्रफी सन्धिखर्क आइपुगेको हो । विजयीउत्सव सहित ल्याइएको ट्रफीलाई सुपादेउरालीमा पुजाअर्चना सहित भव्य स्वागत गरिएको छ ।

May be an image of one or more people and crowd

सुपादेउराली हुँदै सन्धिखर्क आइपुगेको ट्रफि सहितको लुम्बिीनीको टोलीलाइ सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, अर्घाखाँची क्रिकेट संघका अध्यक्ष रिषिकेश भट्टराई सहित खेलप्रेमीको ठुलो भिडले स्वागत गरेका थिए ।

May be an image of ‎crowd and ‎text that says "‎BISHNU SINGERS KHATRI ANILA REGMI LUMBINI JATA ΠΜΙ MA FOROL JHUMMINI UTAI FOROUREANS BYTHEFANS BY THE FANS T유개 BEST TRAYEL ROURPYT.IT BPyTA GHAMPIONS estCongratulationson Congratulations Conratulios on נת Scason ARGHAKHANCHI‎"‎‎

लुम्बिनी लायन्स ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुरमा निस्केको टोली कपिलबस्तु हुँदै अर्घाखाँचीको सन्धिखर्कमा आएको हो । च्याम्पियन्स ट्रफी आफ्नै जिल्लामा देख्न पाउँदा निकै खुसी लागेको अर्घाखाँचीका क्रिकेटप्रेमीहरूको प्रतिक्रिया छ ।

images

May be an image of one or more people, people playing football, crowd and text that says "UMBINI ON PIONS lations on ESOn 2 KHANCHI NCHI on"

ट्रफी सेलिब्रेसन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ सहित सन्धिखर्क–८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे, १० का वडा अध्यक्ष मोहन सिंह ठकुरी, अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, प्रतिनिधिसभा निर्वाचन २०८२ का स्वतन्त्र उम्मेद्धार नारायण प्रसाद खनाल लगायतले ट्रफि लिएर आएको टोलीलाई सम्मान गर्नुभएको छ ।

images

May be an image of one or more people and crowd

एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

images

 

Nepal life insurance