सोमालील्याण्डलाई मान्यता दिएपछि विरोधको सामना गर्दै इजरायल

imagesimages

 

काठमाडौँ । इजरायलले सोमालील्याण्डलाई आधिकारिक रूपमा स्वतन्त्र देशको रूपमा मान्यता दिएपछि कडा विरोधको सामना गर्नुपरेको छ ।

इजरायलको निर्णय पछि मुस्लिम देशहरूमा आक्रोश बढ्दै गएको छ । विश्वभरका २१ देशहरूले संयुक्त विज्ञप्ति जारी गरेर इजरायलको निर्णयको विरोध गरेका छन् । सोमालील्याण्ड अफ्रिकाको हर्नमा अवस्थित छ । यो देशले १९९१ मा सोमालियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो र त्यसबेलादेखि नै अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ ।

Nepal life insurance

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमालील्याण्डका राष्ट्रपति अब्दिरहमान मोहम्मद अब्दुल्लाहीसँग संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए । सोमालील्याण्डलाई मान्यता दिने इजरायल पहिलो देश पनि बनेको छ ।  सोमालील्याण्डका राष्ट्रपतिले यसलाई ऐतिहासिक क्षण भने र यो निर्णयले मध्य पूर्व र अफ्रिकामा शान्ति र समृद्धिलाई प्रवर्द्धन गर्ने बताएका थिए ।

सोमालील्याण्ड र सोमालिया बीचको मुख्य विवाद सोमालील्याण्डको स्वतन्त्रता र अलगावको बारेमा हो । सोमालील्याण्ड (उत्तरपश्चिमी क्षेत्र) ले १९९१ मा आफूलाई स्वतन्त्र गणतन्त्र घोषणा गरेपनि सोमालियाले यसलाई देशको अभिन्न अंग मान्दछ र कुनै पनि अलगावलाई अस्वीकार गर्दछ ।

सोमाली सरकारले इजरायलको निर्णयलाई आफ्नो सार्वभौमिकतामाथि जानाजानी आक्रमण र क्षेत्रीय शान्तिको लागि खतरा भनेको छ । सोमालियाले इजरायललाई तुरुन्तै आफ्नो मान्यता फिर्ता लिन माग गरेको छ । साथै युरोपेली संघले सोमालियाको क्षेत्रीय अखण्डताको सम्मान गर्न अपील गरेको छ ।

अर्कोतर्फ, सोमालील्याण्डमा यो निर्णयलाई ठूलो उत्साहका साथ स्वागत गरिएको थियो, मानिसहरूले उत्सव मनाउन सडकमा उत्रिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा टिप्पणी गर्दै उनले अहिले अमेरिका त्यसो गर्ने योजनामा ​​नभएको बताए ।

धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले पनि इजरायलको कदमको कडा विरोध गरेका छन् । अरब लिग, खाडी सहयोग परिषद्, अफ्रिकी संघ र इस्लामिक सहयोग संगठनले इजरायलको कदमलाई सोमालियाको सार्वभौमसत्तामाथिको आक्रमण र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको रूपमा निन्दा गरेका छन् ।

त्यस्तै जोर्डन, इजिप्ट, अल्जेरिया, कोमोरोस, जिबूती, गाम्बिया, इरान, इराक, कुवेत, लिबिया, माल्दिभ्स, नाइजेरिया, ओमान, पाकिस्तान, प्यालेस्टाइन, कतार, साउदी अरेबिया, सोमालिया, सुडान, टर्की र यमनले इजरायलको विरोध गरेका छन्।

 

Nepal life insurance