प्रसिद्ध फ्रान्सेली अभिनेत्री तथा गायिका बार्डोटको निधन

imagesimages

 

काठमाडौँ । प्रसिद्ध फ्रान्सेली सिनेमा अभिनेत्री तथा गायिका ब्रिजिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ ।

Nepal life insurance

ब्रिजिट बार्डोट फाउन्डेसनले बार्डोटको निधन भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । ब्रिजिट एनी-मारी बार्डोटको जन्म सेप्टेम्बर २८, १९३४ मा पेरिसमा भएको थियो । उनले १९५६ को ‘एन्ड गॉड क्रिएटेड वुमन’ सहित धेरै फ्रान्सेली सुपरहिट सिनेमामा काम गरेकी थिइन् ।

‘बिबी’ को नामले प्रसिद्ध, बार्डोट १९५० को दशकमा यौन मुक्तिको प्रतीक बनेकी थिइन् । उनले करिब ५० चलचित्रहरूमा काम गरेकी छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रिजिट बार्डोटको मृत्युमा शोक व्यक्त गरेका छन् । उनले भनेका छन्- ‘उनका चलचित्रहरू, उनको आवाज, उनको प्रसिद्धि, उनको पीडा र जनावरहरूप्रतिको उनको लगाव… ब्रिजिट बार्डोटले स्वतन्त्रताको जीवन बिताइन् ।’

 

Nepal life insurance