राष्ट्रपति डा. रामवरण यादवले कैलाली सदरमुकाम धनगढीमा आजदेखि शुरु भएको सुदूरपश्चिम महोत्वसको उद्घाट्न गर्नुभएको छ । दिगो शान्तिका लागि, आर्थिक सम्वृद्धी भन्ने नाराका साथ शुरु भएको महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले संविधान निर्माण गरी शान्ति स्थापना गर्दै अघि बढ्नुको विकल्प मुलुकका सामु नरहेको बताउनु भयो ।
सुदूरपश्चिमका प्राकृतिक सम्पदा त्यस क्षेत्रको धरोहर रहेको भन्दै राष्ट्रपतिले तिनको संरक्षणमा जोड दिनुभयो । महोत्सवको उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, आपूर्ती तथा वाणिज्य मन्त्री लेखराज भट्ट, पूर्वगृहमन्त्री भीम रावल, पूर्व मन्त्री रमेश लेखक लगायतले पनि बोलेका थिए । कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव पुस २ गतेसम्म चल्नेछ ।