



काठमाडौँ । यमनको राष्ट्रपतीय नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्न ९० दिनको देशव्यापी संकटकाल घोषणा गर्नुभएको छ । साथै सबै सीमानाकाहरू ७२ घण्टाका लागि बन्द गर्ने र संयुक्त अरब इमिरेट्ससँगको सुरक्षा सम्झौता रद्धक गर्ने निर्णय गर्नुभएको छ । राष्ट्रिय सुरक्षाको रक्षा र सार्वजनिक व्यवस्था कायम गर्न यो कदम चालिएको उहाँले बताउनु भयो ।

सरकारी समाचार एजेन्सी साबाद्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार यो निर्णयसँगै देशभरका सबै हवाई, समुन्द्री र स्थल बन्दरगाह तथा सीमानाकाहरूमा तत्काल लागू हुनेगरी ७२ घण्टाको प्रतिबन्ध (नाकाबन्दी) लगाइएको छ ।

यसका साथै, अल–अलिमीले संयुक्त अरब इमिरेट्ससँगको सुरक्षा सम्झौता पनि रद्ध गरेका छन् । यो निर्णय युएई समर्थित दक्षिणी संक्रमणकालीन परिषद्ले यमनको हधरामौत र अल–महराह प्रान्तका रणनीतिक क्षेत्रहरू कब्जा गरेपछि आएको हो । उहाँले ती दुवै प्रान्तबाट युएई समर्थित सेनालाई २४ घण्टाभित्र फिर्ता हुन कडा आदेश समेत दिनुभएको छ ।



