इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण हुन्छः ट्रम्प

imagesimages

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि तेहरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै ट्रम्पले उनीहरूलाई पराजित गर्ने बताउनु भयो ।

Nepal life insurance

सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने बताउनु भयो । वार्ताका क्रममा नेतान्याहुले ट्रम्पलाई इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा निम्त्याउने र यसले तत्काल कारबाही आवश्यक बनाउनसक्ने बताउनु भयो । जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य स्थलहरू लगायतका धेरै क्षेत्रहरूमा अचानक हवाई आक्रमण गरेको थियो ।

जसमा वरिष्ठ कमाण्डरहरू आणविक वैज्ञानिकहरू र सर्वसाधारण मारिएका थिए । जुन २२ मा अमेरिकी सेनाले नातान्ज, फोर्डो र इस्फाहानका तीन इरानी आणविक केन्द्रहरूमा बमबारी गरेको थियो ।

 

Nepal life insurance