अर्घाखाँचीमा पट्रोलियम पदार्थ आपुर्ती हुन नसकेपछि कृषक समेत मर्कामा

– प्रेमनारायण आचार्य


अर्घाखाँची २५ मसिर । अर्घाखाँचीमा एक हप्ता देखि पट्रोलियम पदार्थ आपुर्ती हुन नसकेपछि सेबाग्राहीहरु मर्कामा परेका छन् । 


डिजेल तथा पेट्रोल पाईन छाडे पछि सबारी साधन तथा मोटरसाईकलहरु अन्य दिनमा भन्दा कम मात्रामा चलेका छन् ।गहु छर्ने समयमा डिजेल अभाब भए पछि कृषकहरुले गौ छर्न समेत नपाएको कृषकहरुले गुनासो  गरेका छन् ।  


एक हप्ता देखि पेट्रोलियम पदार्थ नआएकाले समस्या उत्पन्न भएको भुसाल पेट्रोल पमपका संचालक बसनत प्रसाद भुसालले बताउनु भएको छ ।एक हप्ता देखि पेट्रोलियम पदार्थ आपुर्ती हुन नसक्दा समेत आपुर्ती सहज गराउने बिषयमा स्थानीय प्रशासन  राजनितिक दल  तथा कुनै संघ सस्थाले पहल गरेका छैनन् ।


   दैनिक रुपमा प्रयोग हुने पेट्रोलियम पदार्थको आपुर्ती सहज गराउन सम्बन्धित निकायले पहल गर्नु पर्ने बताउदै कृषकको खेती गर्ने समयमा पेट्रोलियम पदार्थको समेत आपुर्ती गर्न नसक्ने सरकारको कुनै औचित्य नभएको काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले बताउनु भयो ।

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु