एनभिए पुरुष भलिबलमा आर्मी र पुलिस सेमिफाइनलमा, बाहिरियो एपिएफ

imagesimages

 

काठमाडौँ । विभागीय टोलीद्वय नेपाल पुलिस र त्रिभूवन आर्मी क्लव जारी नवौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्पm सेमिफाइनलमा पुग्दा तेस्रो विभागीय टोली एपिएफ बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीवार सम्पन्न क्वार्टरफाइनलमा सबैभन्दा कान्छो विभागीय टोली एपिएफ भने पराजित हुन पुग्यो । पुरुषतर्पm पहिलो सेमिफाइनलमा पुलिसले हेल्प नेपाल स्पोटर््स क्लब र दोस्रो सेमिफाइनलमा आर्मीले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ । बिहीवार भएको दोस्रो क्वार्टरफाइनल खेलमा पुलिसले कोशी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । कोशीले डिफेन्स राम्रो गर्न नसक्दा आशातित प्रदर्शन गर्न सकेन । कोशीले लिगचरणमा आर्मीविरुद्ध भने प्रसंशायोग्य प्रदर्शन गरेको थियो । तर, अर्को विभागीय टोली पुलिससँग भने कोशीले लय समाउन सकेन । कोशी लिफ्टरले पनि खराब प्रदर्शन ग¥यो ।

Nepal life insurance

पुलिसले पहिलो सेट २५–१९ ले आफ्नो बनाउँदै सुखद सुरुआत ग¥यो । तर, दोस्रो सेटमा कोशीले सुरुआतमा राम्रो चुनौती दिने प्रयास ग¥यो । तर, डिफेन्स राम्रो गर्न नसक्दा यो सेट पनि कोशीले २५–१७ ले गुमायो । त्यसपछि दबाबमा परेको कोशीले तेस्रो सेट पनि २५–१८ ले पुलिसलाई सुम्पियो । अब पुलिसले शुक्रबार दिउँसो २ बजे हेल्प नेपाल स्पोट्र्स क्लबसँग सेमिफाइनल खेल्नेछ । त्यसअघि पहिलो क्वार्टरफाइनल खेलमा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । तीन जना पाकिस्तानी खेलाडी अनुबन्धित गरेको हेल्प नेपालले दोस्रो सेटमा चुनौती सामना गरे पनि जित निकाल्न सफल भयो ।

हेल्प नेपालले पहिलो सेट २५–१३ ले सहज रूपमा आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । तर हेल्प नेपालले बुढानीलकण्ठको चुनौती २५–२३ ले पन्छायो । यससँगै तेस्रो सेटमा हेल्प नेपालले दबाब बनायो । अनुभवी पाकिस्तानी खेलाडीको साथमा हेल्प नेपालले तेस्रो सेट पनि २५–१८ ले आफ्नो बनाउँदै सेमिफाइनल यात्रा तय ग¥यो । तीन विदेशी खेलाडीको साथ पाएको रुकुम पश्चिमले पनि तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली एपिएफको चुनौती ३–१ ले पन्छायो । रुकुम पश्चिमबाट पनि तीन पाकिस्तानी खेलाडी खेलेका छन् । रुकुम पश्चिमले पहिलो सेट भने २५–२२ ले गुमाएको थियो । अनुभवी विदेशी खेलाडीको साथ पाएको रुकुमले त्यसपछिका सेटममा लगातार जित निकाल्यो ।

रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो २५–१६ र २५–२० ले आफ्नो बनाउँदै एपिएफको लक्ष्य पूरा हुन दिएन । अन्तिम क्वार्टरफाइनलमा आर्मीले अर्घाखाँचीको खिल्जी युवा क्लबलाई ३–० को सेटमा हराउँदै रुकुम पश्चिमसँग भेट पक्का ग¥यो । खिल्जीबाट पनि दुई जना भारतीय खेलाडी अनुबन्धित थिए । तर, खिल्जी क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेन । आर्मीले खिल्जीलाई २५–१८, २५–१७ र २५–१५ ले हरायो । शुक्रबार पुरुषसँगै महिलातर्पm पनि सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता न्यु डायमन्ड स्पोटर््स युथ क्लबले समूह ‘बी’ को उपविजेता एपिएफसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिस क्लबले समूह ‘ए’ उपविजेता आमीसँग खेल्नेछ ।

Nepal life insurance