पूर्वआईजीपी खापुङको कविता: सिंहदरबारलाई हुँडारले घेरिसके

imagesimages

 

पूर्वआईजीपी खापुङको कविता : सिंहदरबारलाई हुँडारले घेरिसके

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान आईजीपी चन्द्र कुबेर खापुङले सिंहदरबारलाई अभिमान र आतंकको प्रतिक बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

आज सामाजिक सञ्चाजल फेसबुमा कविता  लेख्दै निवर्तमान आईजीपी खापुङले अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, कुलमान घिसिङ रास्वपामा विलय भएपछि आक्रोश पोख्दै उनले सिंहदरबारलाई आतंकको प्रतीक बनाएको बताएका छन्।

उनले सिंहदरबारलाई हुँडारहरुले घेरिसकेको उल्लेख गरेका छन्।  खापुङ आईजीपी हुँदा भएको जेनजीका नाममा भएको विद्रोहमा सिंहदरबार सर्वोच्च अदालतलगाएतका सयौं धरोहर जलेर नष्ट भएका थिए।  रास्वपा सभापति रवि लामिछाने नख्खु जेलमा रहेको बेला निस्किएपछि हज्जारौं कैदी फरार भएका थिए।

सयौ‌ प्रहरी कार्यालय नष्ट भएका थिए। प्रहरीलाई लखेटी लखेटी कुटिएको थियो।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले सिंहदरबारमा लागेको आगो निभाउन दमकल नपठाएको आरोप लागेको थियो।

images

फेसबुकमा उनले लेखेको कविता 

सिंहको दरबार : सिंहदरबार ।

images

अभिमान र आतङ्कको प्रतीक

सिंहदरबार ,

images

सत्ता र शक्तिको पर्याय

सिंहदरबार,

आकर्षण र आस्थाको धरोहर

सिंहदरबार,

Nepal life insurance

अपेक्षा र आशाको केन्द्र

सिंहदरबार ,

सभ्यता र इतिहासको बिम्ब

सिंहदरबार ,

आज पहिचान फेरिदै छ।

सिंहदरवार आज निरिह देखिदैछ,

लाग्छ,

सिंहराज चारै तिरबाट

हुँडारहरुले घेरिएको छ ,

अलि पर छ अर्को घेरा

अझ हिंस्रक सिकारीहरुको ,

सिंह किंकर्तव्यविमूढ छ

स्वनिर्णय विहिन छ

सिंह आफैं अपेक्षी छ

लाग्दो हो बरु चिडियाखाना ठिक ,

आँधि अघिको सुन्यता जस्तो छ

कोहि सलबलाइ रहेछ्न त

केवल हुँडारहरु।

केवल हुँडारहरु

 

Nepal life insurance

अन्य समाचारहरु