अर्घाखाँची महोत्सव २०८२ पुस २७ देखि माघ ११ सम्म सन्धिखर्कमा सञ्चालन हुने: महोत्सवको आम्दानीबाट सहिद माधव सारु मगरको शालिक र शान्ति बगैँचामा सन्धि स्मारक निर्माण गरिने (तस्बिर सहित) 

अर्घाखाँची महोत्सव–२०८२- सहिदको सम्मान र शान्तिको सन्देशलाई संस्थागत गर्ने ऐतिहासिक निर्णय , महोत्सवको आम्दानीबाट सहिद माधव सारु मगरको शालिक र शान्ति बगैँचामा सन्धि स्मारक निर्माण गरिने

imagesimages

 

 -केशब पन्थी , अर्घाखाँची डटकम।

सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाको ऐतिहासिक पहिचान, सहिदप्रतिको सम्मान र शान्ति प्रक्रियालाई दीर्घकालीन रूपमा संस्थागत गर्ने उद्देश्यसहित अर्घाखाँची महोत्सव–२०८२ बाट संकलित आम्दानीलाई महत्वपूर्ण सार्वजनिक संरचना निर्माणमा खर्च गरिने भएको छ।

May be an image of one or more people, dais and textNepal life insurance

महोत्सवको आम्दानीमध्ये केही रकम सहिद माधव सारु मगरको शालिक निर्माण तथा सन्धिखर्कस्थित शान्ति बगैँचामा शान्ति सम्झौतासँग सम्बन्धित स्मारक निर्माणका लागि प्रयोग गरिने निर्णय गरिएको हो।

May be an image of temple, dais and text that says "(कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला) 4 सातौ अर्घ्ाखांची महोत्सव-शश पत्रकार सम्मेलन आयोजक: अर्घाखाँची चेम्बर अफ कर्मस अर्घाखांची मिति: શટશ पौष. 9t गते"

आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय सार्वजनिक गर्दै चेम्बर अफ कमर्स अर्घाखाँचीका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठले अर्घाखाँची महोत्सव केवल व्यापार र मनोरञ्जनमा सीमित नरही जिल्लाको इतिहास, राजनीतिक चेतना र सामाजिक उत्तरदायित्वसँग गहिरो रूपमा जोडिएको अभियान भएको स्पष्ट पार्नुभयो।

अध्यक्ष श्रेष्ठले भन्नुभयो,

“अर्घाखाँची महोत्सव–२०८२ बाट प्राप्त आम्दानीलाई क्षणिक खर्चमा होइन, दीर्घकालीन महत्व बोकेका कार्यमा लगानी गर्ने निर्णय गरेका छौँ। सहिद माधव सारु मगरको शालिक र शान्ति बगैँचामा सन्धि स्मारक निर्माणले जिल्लाको ऐतिहासिक चेतनालाई पुस्तौँसम्म जगेर्ना गर्नेछ।”

उहाँका अनुसार सहिदको योगदान र शान्ति प्रक्रियाको महत्व भावी पुस्तासम्म पुर्‍याउनु राज्य, समाज र नागरिक सबैको साझा दायित्व हो, र महोत्सव त्यसैको एउटा माध्यम बन्नेछ।

May be an image of one or more people and text that says "कषि पररीटन संस्कृति ताशा आोजिक स्ाजार मेलत सातौ अर्घाखांची महोत्सव മോடള पत्रकार सम्मेलन आाबीजक आ्धोरोची ेमर. अ आफ करमंस शर्घारीची मिति શ०વ परौय १८ मतो"

पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्स अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले महोत्सवले जिल्लाको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा बहुआयामिक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

“महोत्सवले स्थानीय उत्पादन, घरेलु उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा दिनेछ,” उहाँले भन्नुभयो।

त्यसैगरी प्रथम उपाध्यक्ष बाबुराम पन्थीले अर्घाखाँची महोत्सवले जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो।

“स्थानीय कला, संस्कृति, उत्पादन र मौलिकतालाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गरिएको छ,” उहाँको भनाइ थियो।

May be an image of one or more people and people studying

कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्य सुकदेव बेल्वासेले सहिद र शान्ति प्रक्रियासँग सम्बन्धित संरचना निर्माण हुनु सकारात्मक र दूरदर्शी निर्णय भएको उल्लेख गर्नुभयो।

“यसले भावी पुस्तालाई इतिहास बुझ्न, संघर्षको मूल्य चिन्न र शान्तिको महत्व आत्मसात गर्न प्रेरित गर्नेछ,” उहाँले बताउनुभयो।

त्यस्तै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष बाबुराम घिमिरेले महोत्सव अवधिभर जिल्लामा आन्तरिक पर्यटन र व्यवसायिक गतिविधि उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गर्नुभयो।

May be an image of one or more people and text

“महोत्सवले होटल, रेस्टुरेन्ट तथा सेवा क्षेत्र चलायमान बनाउने अपेक्षा छ,” उहाँको भनाइ थियो।

आयोजक समितिका अनुसार अर्घाखाँची महोत्सव–२०८२ पुस २७ गतेदेखि माघ ११ गतेसम्म सन्धिखर्कमा सञ्चालन हुनेछ।

May be an image of one or more people, dais and text

महोत्सवलाई भव्य, व्यवस्थित, पारदर्शी र सबै वर्गको सहभागितामूलक बनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

थप तस्बिर :

May be an image of ‎one or more people and ‎text that says "‎(ृषि प्रयंटन सुस्कति राखा औदोमिक ववार मेल सातौ अर्घयाखांची महो महोत्सव सद શીટ पत्रकार सम्मेलन आयोडक जधासांची बेम्वार अक कमंन आघाडांची मिति: શ०શ पोय १८ १ गते فه‎"‎‎

May be an image of one or more people and text that says "कषि पररीटन संस्कृति ताशा आोजिक स्ाजार मेलत सातौ अर्घाखांची महोत्सव മോடള पत्रकार सम्मेलन आाबीजक आ्धोरोची ेमर. अ आफ करमंस शर्घारीची मिति શ०વ परौय १८ मतो"

May be an image of one or more people and text

May be an image of one or more people, people studying, temple and text that says "कृचि परसंटन सस्कृति तशा ओदोजिक ष्यपार जेल्म सातौ अर्धासांची महोत्सद সহে पत्रकार सम्मेलन आबोजक जघ्बांची बेम्बर अक कमस अघार्यांची मिति શ०८ પोष ፃርሽ मते"

May be an image of one or more people and text

May be an image of one or more people, dais and text

May be an image of temple, dais and text that says "(कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला) 4 सातौ अर्घ्ाखांची महोत्सव-शश पत्रकार सम्मेलन आयोजक: अर्घाखाँची चेम्बर अफ कर्मस अर्घाखांची मिति: શટશ पौष. 9t गते"

May be an image of ‎one or more people and ‎text that says "‎(ृषि प्रयंटन सुस्कति राखा औदोमिक ववार मेल सातौ अर्घयाखांची महो महोत्सव सद શીટ पत्रकार सम्मेलन आयोडक जधासांची बेम्वार अक कमंन आघाडांची मिति: શ०શ पोय १८ १ गते فه‎"‎‎

Nepal life insurance