



काठमाडौँ: जापानभर सन् २०२५ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या अघिल्लो वर्षको तुलनामा ११६ ले घटेर २ हजार ५ सय ४७ पुगेको प्रहरी तथ्याङ्कले मंगलवार देखाएको छ । राष्ट्रिय प्रहरी निकाय (एनपीए) का अनुसार सन् १९४८ मा तुलनात्मक तथ्याङ्क उपलब्ध भए यताकै यो सबैभन्दा न्युन संख्या भएपनि सन् २०२५ सम्ममा वार्षिक ट्राफिक मृत्युदरलाई २ हजार भन्दा कममा झार्ने सरकारको लक्ष्य भने पूरा हुन सकेन ।

एनपीएकाअनुसार कुल मृतकहरूमध्ये ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको हिस्सा ५५.९ प्रतिशत अर्थात १ हजार ४ सय २३ रहेको छ । सन् २०२५ मा सवारी दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा ३ हजार ६ सय ५९ ले घटेर २ लाख ८७ हजार २ सय ३६ पुगेको छ भने घाइते हुनेको संख्या ६ हजार १ सय १ ले घटेर ३ लाख ३८ हजार २ सय ९४ मा झरेको छ ।
राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगका अध्यक्ष जिरो आकामाले एक विज्ञप्ति मार्फत निर्धारित लक्ष्य पूरा हुन नसकेकोमा खेद व्यक्त गर्दै प्रहरीलाई ट्राफिक सुरक्षा शिक्षालाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न र मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी चलाउँदा स्मार्टफोन प्रयोग गर्ने जस्ता घातक र खतरनाक ट्राफिक अपराधहरूमाथि कडा कारबाही गर्न निर्देशन दिने बताउनुभएको छ ।
#JapanAccidents2025 #RoadSafety #TrafficDeaths #GlobalNews #ArghakhanchiCom #ArghakhanchiDotCom #JapanNews #SafetyAwareness #WorldNews



