



पोखरा । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले एनएसजेएफ वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा जारी २२औं एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा दिपेन्द्रले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।


त्यस्तै बर्षको उत्कृष्ट महिला खेलाडी भने कराते खेलाडी एरिका गुरुङले जितेकी छन् । उनले लगातार दोस्रो बर्ष यो अवार्ड जितेकी छन् ।
त्यसैगरी भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड जितेका छन् भने खड्ग रानाभाटलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।
#ArghakhanchiCom #NSJF2026 #SportsAwards #DeependraSinghAiri #ErikaGurung #NepalSports #TopAthletes #Achievement #NepalNews #Cricket #Karate #Volleyball



