२ पौष, २०६८ । पर्वत घरेलु तथा सानाउद्योग विकास समिति शाखा कार्यालय पर्वतको आयोजनामा पकुवा गा।बि।स।मा संचालन गरिने ३महिने सिलाइ कटाइ तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घरेलु बिकास समिती पर्वतका वरिष्ठ उद्योग अधिकृत शिव शंकर वानियाँले एकसमारोह बिच उद्घाटन गर्नु भयो । उद्घाटनपश्चात कार्यक्रममा सहभागि सवैलाइ स्वागत गर्दै प्रमुख अतिथि बानियाँले कृषि क्षेत्रबाटबचत भइ खेर गइ रहेको समयलाइ सदुपयोग गर्दै आय आर्जनमा बृद्वि गराउन तालिमकोआयोजना गरिएको साथै तालिम पश्चात उद्योग संचालन गर्ने उद्यमीलाइ कार्यालयबाट प्रदानगरिने सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा मनतब्यप्रकट गर्दै घरेलु समितिबाट संचालित तालिम पश्चात सिलाइ कटाइ उद्योग संचालन गर्नु भएकासफल महिला उद्यमी नममाया पुन र कुमारी पुनले तालिम सुरुको अवस्थामा प्रशिक्षार्थीकालागि असहज भएतापनि धैर्यताका साथ सीप हाशिल गर्न सल्लाह दिनु भएको थियो ।
सो अवसरमा तालिमका प्रशिक्षक बिष्णु क्षेत्री नेकपा एमाले जिल्ला कार्य समिति सदस्य खुमप्रसाद सुवेदी नेकपा माओवादीका प्रेमबहादुरबिक प्राचार्य चुडामणी सुवेदी ले समेत सीप बिकास तालिम सहभागीको लागि जीवन सफल बनाउने आधार भएकोले अवसरको दुरुपयोग नगर्न आग्रह गर्नुभएको थियो । घरेलु बिकास समिति पर्वतका नायव सुब्बा ऋषीकेश अधिकारीले संचालन गर्नु भएको तालीम उद्घाटन कार्यक्रमकोअध्यक्षता पकुवा गा बि स प्राविधिक सहायक बिष्णु प्रसाद पौडेले गर्नु भएको थियो। तालिममा १० जना महिलाहरुको सहभागिता रहेको छ ।