आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर: युरो, पाउन्ड र कुबेती दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

13,800+ Euro Dollar Pound Currency Concept Stock Photos, Pictures & Royalty-Free Images - iStock

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा छ।  हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा थियो।

images

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ७६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

images

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

images

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#नेपाल_राष्ट्र_बैंक #विदेशी_मुद्रा #विनिमयदर #अमेरिकी_डलर #युरो #पाउन्ड #अस्ट्रेलियन_डलर #कुवेत_दिनार #आर्थिक_समाचार #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages

Nepal life insurance