प्रशान्त तामाङको दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने

 

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

दिल्लीको दिनदयाल अस्पतालमा पोस्टमार्टम गरिएपछि आज सोमबार गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई बागडोग्रा हुँदै जन्मथलो दार्जिलिङमा लगिने बताइएको छ । उनको सम्मानसहित अन्त्येष्टि गरिने स्थानीय सरकारले जानकारी दिएको छ ।

सन् २००७ मा  भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि प्रशान्त लोकप्रिय बनेका थिए । पहिलो पटक नेपाली मुलका गायक इण्डियन आइडलमा गएको भन्दै उनलाई जिताउन नेपालमा पनि अभियाननै चलाइएको थियो । कोलकोता प्रहरीका जागिरे रहेका प्रशान्त इन्डियन आइडल जितेपछि जागिर छोडेर गायन र अभिनयमा केन्द्रित बनेका थिए । उनले नेपाली फिल्ममा अभिनयसहित कैयौं गीत गाएका छन् ।

तामाङको आइतबार ४३ वर्षको उमेरमा हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।

 

#PrashantTamang #Darjeeling #RespectfulFarewell #Arghakhanchicom #arghakhanchi_com #Tribute #NepalMusic

Nepal life insuranceimagesimages