चितवन, पुस ३ ६४ वर्षे लामो इतिहासमा पहिलोपल्ट हुन लागेको नेपाल क्रिकेट संघ ९क्यान० को निर्वाचनमा अध्यक्षमा दुई जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।
चौबीसकोठीस्थित ग्लोबल होटलमा हुने निर्वाचनमा क्यानका वर्तमान अध्यक्ष टंक आङबुहाङ र राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्याप्टेन तथा कार्यसमितिका पूर्व सदस्य पवन अग्रवालले अध्यक्षमा प्रतिष्पर्धा गर्ने भएका छन् । आइतबार नै साधारणसभा हुने त्यसपछि सम्भव भए आइतबार नभए सोमबार निर्वाचन हुने छ ।
अध्यक्ष, ३ उपाध्यक्ष, महासचिवसहित १२ सदस्य गरी १७ कार्यसमिति निर्वाचनबाट चयन हुनेछ । क्यानको विधानअनुसार कार्यसमितिमा दुई सदस्य राष्ट्रिय खेलकुद परिषद्ले मनोनीत गर्नेछ भने अध्यक्षले ५ सदस्य मनोनीत गर्नेछन् । यसैगरी सचिव र कोषाध्यक्षसहित बाँकी पदमा कार्यसमितिले मनोनीत गर्नेछ ।
साधारणसभामा कुल ९० प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् । जसमा वर्तमान केन्द्रीय कार्यसमितिका ३१, आठ क्षेत्रबाट दुई सदस्यका दरले १६, ३६ जिल्लाका एकका दरले ३६, वर्तमान अध्यक्षले मनोनीत गर्ने ५ तथा अम्पायर र प्रशिक्षकका १र१ प्रतिनिधि रहेछन् ।
क्यानको पहिलोपल्ट हुन लागेको ऐतिहासिक निर्वाचनमा भाग लिने मौका एक महिलाले मात्र पाएकी छन् । दार्चुलाकी जयन्ती भट्ट क्षेत्र नम्बर(६, बैतडीबाट निर्वाचनमा भाग लिन आएकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का संघसंस्था प्रमुख टेकप्रसाद कट्टेलको नेतृत्वमा तीन सदस्यीय निर्वाचन कमिटी रहेको छ । प्रमुख निर्वाचन आयुक्त कट्टेलसहित राखेप खेलकुद विकास विभागका अधिकृत चन्द राई र राखेप कानुन शाखाका भोजानन्द राईले क्यानको ऐतिहासिक निर्वाचन गर्ने जिम्मा पाएका छन् ।



