आर्थिक संकटबारे समयमै सचेत हुनुपर्नेमा बुद्धिजिबीको जोड

विश्व आर्थिक मन्दीप्रति बेलैमा सचेत हुनु जरुरी


बुद्धिजिबीहरुले अमेरिका लगायत ठूला अर्थतन्त्रतका मुलुकहरुका देखिएको आर्थिक संकटबारे समयमै सचेत हुनुपर्नेमा जोड दिएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्ले आइतबार राजधानीमा गरेको कार्यक्रममा अर्थविद्हरुले विश्व आर्थिक मन्दी प्रति सचेत भएर उचित कदम चाल्न सुझाब दिएका हुन् । कार्यक्रममा पत्रकार अच्युत वाग्लेले विश्व आर्थिक मन्दीबारे विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पूँजीवाद र समाजबादमा अल्मलिनुभन्दा मुलुकका लागि उपयुक्त आर्थिक नीति अपनाउनुपर्नेमा उहाँको सुझाब रह्यो । अमेरिका र बेलायत जस्ता पूँजीवादी भनिने मुलुकले पनि अप्ठ्यारो समयमा डुब्न लागेका बैंकहरुलाई संकट बाट मुक्त गराएको दृष्टान्त दिंदै उहाँले समय अनुसारको आर्थिक नीति अपनाउन सुझाब दिनुभयो । विश्व आर्थिक मन्दीले विप्रेषणमा आधारित मुलुकहरुलाई अप्ठेरो पार्न सक्ने भन्दै उत्पादनशील क्षेत्रमा लगानी बढाई मुलुकमै रोजगारी श्रृजन गर्ने वातावरण बनाउनुपर्नेमा सहभागीहरुको जोड रह्यो ।