अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

 

काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् ।

उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन एन्डेभरबाट पृथ्वीमा फर्कन लगभग ११ घण्टा लागेको नासाले जानकारी दिएको छ । क्यालिफोर्नियाको तटबाट प्रशान्त महासागरमा खस्दा अन्तरिक्ष यानको गति २५ किलोमिटर प्रतिघण्टा थियो ।

यी अन्तरिक्ष यात्रीहरूमा माइक फिन्के, जिना कार्डम्यान, जापानका किमिया युई र अन्तरिक्ष यात्री ओलेग प्लेटोनोभ रहेका छन् । उनीहरूले १६७ दिन अन्तरिक्षमा बिताए । उनीहरु अगस्ट १, २०२५ मा अन्तरिक्ष स्टेशनमा आइपुगेका थिए र त्यहाँ छ महिनाभन्दा अलि बढी समय बस्ने तालिका थियो ।

तर गत हप्ता, फिन्के र कार्डम्यानको निर्धारित अन्तरिक्षयात्रा अन्तिम समयमा रद्द गरियो । केही घण्टा पछि, नासाले एक चालक दलका सदस्य बिरामी परेको र उनीहरुलाई तत्काल पृथ्वीमा फर्काउने जानकारी दियो ।

सन् १९९८ मा पृथ्वीको कक्षमा अन्तरिक्ष स्टेशन स्थापना भएपछि चिकित्सा कारणले गर्दा कसैलाई त्यहाँबाट फिर्ता ल्याइएको यो पहिलो पटक हो ।

#अन्तरिक्ष_यात्री #अन्तरिक्ष_स्टेशन #अन्तरिक्ष_यात्रा #नासा #सकुशल_प्रत्यावर्तन #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages