

काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विभाजनप्रति चिन्ता प्रकट गरेका छन् ।
एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेसको विभाजन लोकतन्त्र कमजोर पार्ने खेल भएको बताएका हुन् । उनले के निर्णय गर्ने भन्ने कुरा कानुन अनुसार स्पष्ट भएको भन्दै निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने बताए ।


ओलीले काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनमा समेत प्रश्न उठाएका छन् । उनले भने- ‘नेपाली कांग्रेसको महाधिवेशन नभनेर विशेष किन भनेको ? महाधिवेशनको मिति तोकिसकिएको छ । कसले बोलाउने भन्ने पनि थिति होला नि त । बहुमत-अल्पमतको टुङ्गो गर्ने नि थिति होला नि त । कसैले सडकमा बहुमत पुर्याएँ भनेको भरमा बहुमत पुग्छ त ?’
ओलीले नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु एमालेका लागि दु:खद भएको बताए ।
#ओली #काँग्रेस_विवाद #बहुमत #सडक #राजनीतिक_प्रश्न #ArghakhanchiDotCom



