

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयर किन्ने संकेत गरेका छन् । उनले एक्समा रायन एयर किन्ने या नकिन्ने भन्ने बारेमा एक पोल गरेका छन्, जसमा उनका फलोअरले ७५ प्रतिशत भन्दा बढीले किन्नेमा मत दिएका छन् ।

रायन एयरक सीईओ माइकल ओ’लेरीसँग गत हप्ता सुरु भएको विवादको बीचमा मस्कले कम्पनि अधिग्रहण गर्ने बारे पोल गरेका हुन् ।

यो विवाद मस्कको कम्पनी, स्टारलिंकबाट उत्पन्न भएको हो । रायन एयरका सीईओ माइकल ओ’लेरीले आफ्नो एयरलाइनको फ्लीटमा स्टारलिंक इन्टरनेट स्थापना नगर्ने बताएपछि शुरु भएको थियो । उनले क्याबिनको छतमा रहेको एन्टेनालाई तौल र तान थप्ने, सम्भावित रूपमा इन्धन लागत २ प्रतिशतले बढाउने तर्क गरेका थिए ।
ओ’लेरीले यात्रुहरूले औसत एक घण्टाको उडानमा अतिरिक्त नतिर्ने बताउदै उनले मस्कलाई कुनै ध्यान नदिने बताएका थिए । त्यसपछि मस्कले उनलाई सबैभन्दा ठूलो मूर्ख भनेर जवाफ दिए र उनलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएका थिए । साथै मस्कले एयरलाइन अधिग्रहण गर्ने लागत कति हो भनेर सोधेका थिए ।
ओ’लेरी रायन एयरका शीर्ष १० शेयरधारकहरू मध्ये एक हुन् । उनको नेतृत्वमा, कम्पनीको शेयर गत वर्ष ५५ प्रतिशतले बढेको थियो ।
रायन एयर युरोपको सबैभन्दा ठूलो कम लागतको एयरलाइन हो र डच एयरलाइन लुफ्थान्साको आकारभन्दा तीन गुणा ठूलो छ । यसको बजार मूल्य लगभग ३० अर्ब युरो रहेको बताइन्छ ।
मस्कले यसअघि ट्विटर (अहिले एक्स) खरिद गर्दा पनि यस्तै पोल गरेका थिए । त्यतिबेला, उनले कम्पनीको सञ्चालन र तत्कालीन सीईओ पराग अग्रवालको निर्णयको आलोचना गरे र पछि यसलाई अधिग्रहण गरेका थिए । त्यसैले अब, उनी रायन एयरसँग उस्तै व्यबहार गरेर कम्पनी अधिग्रहण गर्ने रणनीति बनाएको विश्लेषण गरिएको छ । मस्कले पहिला कम्पनिको आलोचना गर्ने, धम्काउने र पछि सोहि कम्पनिलाई अधिग्रहण गर्ने तरिका अपनाउने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

अर्कोतर्फ स्टारलिंकले धेरै एयरलाइन्सहरूलाई इन्टरनेट पहुँच प्रदान गर्दैछ । यसमा युनाइटेड एयरलाइन्स, कतार एयरवेज, अलास्का एयरलाइन्स र वेस्टजेट जस्ता कम्पनीहरू समावेश छन् । यो उपग्रहमा आधारित उच्च गतिको इन्टरनेट हो । रयान एयर जस्ता कम लागतका वाहकहरूको लागि लागत नियन्त्रण एक प्रमुख समस्या भएकोले ओ लेरीले अस्वीकार गरे ।
मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग टेस्ला (इलेक्ट्रिक कार), स्पेसएक्स (रकेट), एक्सएआई (कृत्रिम बुद्धिमत्ता), न्यूरालिङ्क (ब्रेन इम्प्लान्ट), द बोरिङ कम्पनी (टनेलिङ), र एक्स (सोशल मिडिया प्लेटफर्म) छन् ।
#रायनएयरकिन्ने #एलनमस्क #युरोपीयएयरलाइन्स #व्यापारिकसंकेत #एयरलाइनकिनबेच #ArghakhanchiDotCom



