‘अब युरोपबाट ट्रम्पको विरोध गर्ने बेला भयो’

 

काठमाडौँ । नेटोका पूर्व महासचिव एन्डरस फोग रासमुसेनले अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्ने समय आएको टिप्पणी गरेका छन् । उनले ट्रम्पलाई खुसी पार्ने समय सकिएको बताउदै युरोपबाट कडा प्रतिक्रिया आउनुपर्ने टिप्पणी गरेका छन् ।

डेनमार्कका पूर्व प्रधानमन्त्री समेत रहेका रासमुसेनले द इकोनोमिस्टमा लेख लेख्दै अब अति भएको बताएका छन् ।

उनले भनेका छन्- ‘मैले सधैं संयुक्त राज्य अमेरिकाको प्रशंसा गरेको छु । (डेनमार्कको) प्रधानमन्त्री र (नाटोको) महासचिवको रूपमा, मैले अमेरिकालाई स्वतन्त्र संसारको नेता मानेको छु । तर ग्रीनल्याण्डको बारेमा धम्की पछि, म भन्न चाहन्छु कि अब अति भयो। युरोपले आफ्नो हितको रक्षा गर्नुपर्छ ।’

ट्रम्पले ग्रीनल्याण्डको प्रस्तावित विलयको विरोध गर्ने आठ युरोपेली देशहरूमा १० प्रतिशत कर लगाउने धम्की दिएपछि, युरोपेली आयोगका अध्यक्ष, फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीले अमेरिकी अडानको कडा आलोचना गरेका छन् ।

हाल, स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठक चलिरहेको छ र ट्रम्पको  त्यहाँ युरोपका नेताहरूलाई भेट हुने बताइएको छ ।

#ट्रम्पविरोध #युरोपमाट्रम्पविरोध #अन्तर्राष्ट्रियराजनीति #ट्रम्पविरुद्धयुरोप #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages