भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सवमा ७० लाख बढी आम्दानी (तस्बिर सहित )

 

-टेकराज भुसाल

प्युठान ।   भानुभक्त माध्यमिक विद्यालय, मल्लरानी गाउँपालिका–३ बर्बोट, प्युठानले आफ्नो स्थापनाको ५१ औँ वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै ७० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।

Nepal life insurance

गत मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गरिएको स्वर्ण महोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको थियो। सो अवसरमा भएको आम्दानी तथा खर्चको विवरण विद्यालयले सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरेको हो।

May be an image of temple and text

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार ७० लाख २० हजार ३ सय २३ रुपैयाँ आम्दानी, २९ लाख ८१ हजार ७ सय ३९ रुपैयाँ खर्च गरेको तथा ४० लाख ३८ हजार ५ सय ८४ रुपैयाँ बचत गरेको छ।

बचत हुन आएको रकमलाई विद्यालयले तयार गरेको प्रस्तावनामा उल्लेखित प्रविधिमैत्री शिक्षाको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने विद्यालयका प्राचार्य चक्रपाणी पौडेलले जानकारी दिनुभयो।

images

उहाँका अनुसार उक्त रकमबाट २ थान स्मार्ट बोर्ड खरिद

विद्यालय सुरक्षाका लागि सिसी टिभी क्यामेरा जडान, स्कुल बस सञ्चालन, विज्ञ हरिष वलीको सहभागितामा आगामी वर्षको अभिभावक भेलामा अभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने, कक्षा ६ देखि ८ सम्म अंग्रेजी माध्यमको शिक्षणलाई निरन्तरता दिने लगायतका कार्यक्रममार्फत विद्यालयको शैक्षिक स्तर उकास्ने योजना रहेको छ।

images

May be an image of one or more people and text

कार्यक्रमका प्रमुख अतिथि तथा मल्लरानी गाउँपालिका प्युठानका संस्थापक अध्यक्ष अमरध्वज खड्काले ग्रामीण क्षेत्रमा रहेको विद्यालयले सीमित स्रोतसाधनका बाबजुद पनि उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले शिक्षाको विकासमा समुदाय, अभिभावक र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

images

त्यसैगरी मल्लरानी गाउँपालिका–२ का वडाध्यक्ष लेखबहादुर थापाले विद्यालयले पारदर्शी रूपमा आम्दानी–खर्च सार्वजनिक गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

May be an image of one or more people and text

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवलाल खत्रीले स्वर्ण महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्यमा समिति दृढ रहेको बताउनुभयो।

May be an image of temple and text that says "अर्विा्दक মा আवसबক शिक्षा সরানন बनमात वि्ालतय) भानुमक माध्यमिक विदराल्य श्री स्वर्ण महोत्सव શ०१ को साचगविक सुम्ुंाई २०५२ माघ ०९ मल्तरानी बबाट"

Nepal life insurance

सोही अवसरमा स्वर्ण महोत्सवमा सहयोग गर्ने सहयोगीदाता तथा विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै ग्रामीण क्षेत्रमा रहेको विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विद्यालयका प्राचार्य चक्रपाणी पौडेललाई सहभागी अभिभावकहरूले सम्मान समेत गरेका थिए।

Nepal life insuranceimagesimages