कृषाको नयाँ फिल्म ‘पारस’ मा अभिनेत्री जसिता अनुबन्ध

 

काठमाडौँ । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म पारसमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी छन् ।

निर्देशक चौलागाईंले जसितासँगको तस्बीर सार्बजनिक गर्दै उनी फिल्म पारसमा अनुबन्ध भएको जानकारी दिएकी हुन् ।

पारसमा यसअघि अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन् । तर, फिल्ममा जसिताको जोडी भने अर्को अभिनेता हुने बताइएको छ, जसको अनुबन्ध हुन बाँकी रहेको छ ।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद बलिउडको चर्चित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’का दुवै श्रृंखलाका लेखक सचिन लादियाले लेखेका छन् । यस फिल्मको छायांकन आगामी फागुनबाटसुरु हुने बताइएको छ ।

#arghakhanchicom #arghakhanchidotcom #कृषा #फिल्म_पारस #जसिता #नेपाली_चलचित्र #नयाँ_फिल्म #चलचित्र_समाचार

Nepal life insuranceimagesimages